२ जेष्ठ २०८२, शुक्रबार

 

हरिबोधनी मेला हिल : के भने प्रतिस्पर्धी उम्मेदवार सागर/मन्जेशले एउटै मञ्चबाट ?

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचका प्रतिस्पर्ध वाम गठबन्धनका चन्द्रबहादुर बुढा सागर र काँग्रेसका मञ्जेशबम मल्लले एउटै मञ्चबाट नागरिकलाई मत मागेका छन् ।

मंगलबार ताराखोला गाउँपालिका–३ घुस्मेलीमा भएको हरिबोधनी एकादशी मेलामा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ का यी दुई प्रतिद्वन्द्वीले एकै मञ्चबाट भोट मागे ।

सागर

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा वाम गठबन्धनका साझा उम्मेदवार चन्द्र बहादुर बुढा सागरले सामान्य नागरिकले अनुभूत गर्ने गरि आर्थिक विकास र समृद्धिको काम गर्ने अवसर खोज्दै आफु जनतामाझ आएको बताएका छन् ।

ताराखोला गाउँपालिका–३ घुस्मेलीमा भएको हरिबोधनी एकादशी मेलामा बोल्दै उनले व्यक्तिगत स्वार्थ र हितको लागि आफुले राजनीतिलाई कहिल्यै उपयोग नगरेको भन्दै जनताबाट चुनिएर जनताकै नीति निर्माण र सेवा गर्न चुनावी मैदानमा उत्रेको बताए ।

मञ्जेश

‘तपाईहरुलाई थाहा नै छ, म विद्यार्थी जीवनदेखि नै क्रान्ति र परिवर्तनको अभियानमा निरन्तर होमिएको मान्छे हुँ,’ चुनाव प्रचारको क्रममा आफ्नै गृहक्षेत्र ताराखोला पुगेका सागरले भने, ‘तर अहिलेसम्म आफ्नो र आफ्ना मान्छेहरुको हितका लागि राजनीतिलाई दुरुपयोग गरेको छैन ।’ उनले राजनीति विशुद्ध समाजसेवा गर्ने पेशा भएको बताए ।

‘मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्न हामी वामपन्थीहरु मिलेर तपाईको घरदैलोमा आएका छौँ,’ उनले अगाडी थपे, ‘हामीलाई भोट दिएर काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले वाम गठबन्धनका उम्मेदवारको जीत सुनिष्चित भएको भन्दै हार्ने छुट कसैलाई नभएको समेत बताए ।

नेपाली काँग्रसका उम्मेदवार मञ्जेशबम मल्लले विकास र समृद्धिका लागि काँग्रसलाई भोट दिन आग्रह गरे । उनले ताराखोला क्षेत्रको विकासलाई पनि गलकोट नगरपालिका सरह समान नजरले हेर्ने प्रतिवद्धता जनाए । ‘म सँधै जनता माझ नै रहने छु,’ निकै छोटो मन्तव्य राखेका मल्लले भने, ‘शान्ति, विकास र समृद्धिको गतिलाई अघि बढाउन म प्रतिबद्ध छु, यसका लागि म लगायत काँग्रस उम्मेदवारलाई भोट दिन अपिल गर्दछु ।’

मेलामा विफी लिँदै कलाकार

कार्यक्रममा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती प्रमुख अतिथी थिए । उनले ताराखोला गाउँपालिकाको विकासलाई अघि बढाउन आफु क्रियाशिल रहेको बताए । घर्तीले स्थिरता सहित दिगो विकासको बाटोमा मुलुकलाई लैजान वामपन्थीलाई मतदान गर्न आग्रह गरे ।

हरिबोधनी मेला आयोजक समितिका संयोजक जीवन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचिव गणेश कार्कीले गरेका थिए भने सञ्चारकर्मी रुपा वस्नेत र शान्त खत्री मौसमले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मंगलबार चर्चित लोक गायक राजु ढकाल, कलाकार अमर धिताल, गायिका मायाँ गुरुङ र सुस्मीता घर्तीले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको अवसरमा त्रिशुली घाटमा ३६५ हात लामो तोरण तारेर विधिपूर्वका पूजाआजा गरि भजन कृतन र बाजागाजा सहित तुलसीको विवाह गरिएको थियो ।

मेलाको अवसरमा आयोजित भूपु भालिवलमा नवसृजना युवा क्लव तारा प्रथम र संगम युवा क्लव हरिचौर द्वितिय भएका छन् ।
नयाँ संरचनाको वडा स्तरीय भलिवल प्रतियोगितामा एसिया स्पाईस जापानको समुह प्रथम र संग युवा क्लव हरिचौर नै द्वितिय भएका छन् । सोलो बाईक रेशमा भने हिमाल चालिसे विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung