३ जेष्ठ २०८२, शनिबार

 

बागलुङको समग्र विकासका लागि वाम गठबन्धनका उमेदवारलाई जिताउन आग्रह

वाम गठबन्धनको संयुक्त चुनावी अभियान बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलामा सम्पन्न भएको छ ।कार्यक्रम नेकपा माओवादि केन्द्र पोलिटव्युरो सदस्य तथा साझा वाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागर प्रमुख आथित्याता रहेको थियो । कार्यक्रममा ग्वालीचौर जलजला रणसिह किटेनी हुदै भिमगिठेसम्म मोटर बाटो निर्माण तथा स्तर उन्ती आफ्नो प्रथामिक योजनामा रहेको बताए ।

खाने पानी शिक्षा उचित व्यवस्था गरि जडिवुटी प्रसोधन केन्द्र स्थापना गरि यहाका युवाहरुलाई लघुउघम तथा सहकारीको माध्यमबाट रोजगारीको सिर्जना गर्ने योजना रहेको बताए । थप बोल्दै ग्वालीचौरको चमेरोगुफा तथा थानपति घुम्ते शिवलेख मोतिमारे गाईघाट क्षेत्र बनाई पर्यटन निकास गरिने बताए ।कार्यक्रममा बोल्दै नेकपा माओवादि केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य राजिव घिमिरेले देशको समृद्ध र देशका समस्या लाई हल गरि देशलाई एकताबद्ध स्थाईत्व सरकारका लागी बामपंथी शक्तिले गर्ने भएकाले गठबन्धन भएको बताए ।

जनताले बनाएको संविधानलाई संरक्षण कार्यान्वयन गणतन्त्र संघियता धर्म निपेक्षता जस्ता उपलब्धीलाई संस्थागत गर्ने वामपंथी शक्तिलेमात्र गर्ने भएकाले वाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष एव राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजाले देशमा गणतन्त्र धर्म निरपेक्षालाई संरक्षण सरकार स्थायीत्वमा ल्याउन वाम शक्तिले गर्ने सक्ने भएकाले वाम गठबन्धनका उमेदवारलाई जिताउन कार्यकर्तालाई आग्रह गरे ।

बडिगाड गाउँपालिका अध्यक्ष मेयर सिह पाइजा अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष पदम खत्री नेकपा माओवादिका मिलन रेष्मी नेकपा एमालेका अनराम छन्त्याल राजमोका टोप बहादुर श्रीष लगाएतको उपस्थित रहेको थियो । वडा स्तरीय चुनाव परिचालन तथा निर्देशन कमिटीमा झविन्द्र बुढाथोकीको संयोजकमा १सय ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।  बडिगाड गाउँपालिका वडा न ४ का वडा अध्यक्ष प्रेम बलामी अध्यक्षयता झबिन्द्र बुढाको स्वागत र केबि सिजालीको संचालनमा सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung