बरेङ गाउँपालिकामा रहेको सर्वोदय माध्यमीक विद्यालय बरेङले शिक्षक बालकृष्ण शर्माको शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । विद्यालयमा विगत ३४ वर्षदेखि शिक्षण गर्दै आएका शिक्षक उमेर हदका कारण अनिवार्य अवकास भएकाले विदाई गरिएको विद्यालयले जनाएको छ ।
विदाई कार्यक्रममा बोल्दै शिक्षक शर्माले आफु विद्यालयबाट बाहिर भएपनि सदैव विद्यालयको भलाईका लागी शैक्षिक, भौतिक, नैतिक रुपमा लागीपर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको भलाईको कामना गरेका छन ।
विद्यालयको एक असल, मिलनसार र विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर लामो समयसम्म योगदान पु¥याएका शिक्षक शर्मालाई विदाई गर्नुपर्दा विद्यालयलाई शैक्षिक क्षति भएको विद्यालयका शिक्षकहरुको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा पुनको अध्यक्षता रहेको कार्यक्रममा बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलमाया पुन, शिक्षक अभिभावक संघका अध्यक्ष ललित पाध्या, विद्यालयका प्रधानध्यापक चित्र थापा, अन्य अभिभावक, शिक्षक विद्यार्थी लगाएतले शिक्षक शर्माले विद्यालयलाई पु¥यायको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक चित्र थापाले शिक्षक शर्माले विद्यालयलाई पु¥याएको अतुलनिय योगदानको कदर गर्नुका साथै उनको प्रशंसा समेत गरेका थिए । त्यस्तै सम्पुर्ण शिक्षकको प्रतिनिधित्व गर्दै शिक्षक धनिश्वर शर्माले शिक्षक शर्माले विद्यालयलाई पु¥याएको शैक्षिक, नैतिक, भौतिक योगदानको कदर गरेका थिए ।
थियो कार्यक्रम शिक्षक प्रशान्त शर्माको स्वागत मन्तव्य र शिक्षक टोमनाथ शर्माको संचालनमा सम्पन्न भएको बताईएछ ।

































































































































































































