१ जेष्ठ २०८१, मंगलवार

 

युवा व्यवसायी आकर्षण गर्दै ग्लोबल बैङ्क बागलुङ

बैङ्कहरुको भिड भाडमा ग्लोबल आई एमई बैङ्क बाग्लुङ शाखाले साना तथा मझौला उद्योग सञ्चालन गर्नेहरुको लागि ५० लाखदेखि ५ करोडसम्म ३ दिन भित्रमा सहुलियत रुपमा कर्जा दिन सुरु गरेको छ । बचत, रेमिट्रान्स र कर्जाको लक्ष्य राखेको यस बैङ्कले अबदेखि व्यवसाय गर्नेहरुका लागि यस्तो व्यवस्था गरेको बैङ्का शाखा प्रबन्धक अर्जुन पौडेलले बताए ।

यो बैङ्कले विशेष गरि घर बनाउन, घडेरीका किन्न, गाडी किन्न र बिभिन्न व्यवसाय गर्नेहरुको लागि यस्तो व्यवस्था गरेको पौडेको भनाई छ ।यो व्यवसाय गर्नेहरुले ११÷१२ प्रतिशत मात्र व्याजदर तिर्नु पर्ने भएको पौडेलले बताए । यो अन्य व्यक्तिहरु लाई भन्दा धेरै सहुलियत भएको बताए ।

बाग्लुङ बजारमा घर बनाउने, गाडी खरिद गर्ने, शैक्षिक संथाहरु, होटल र रेष्टुरेन्ट सञ्चालन हुने बढी सम्भावना भएकाले बैङ्कले त्यस क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ । अहिले यो बैङ्कले बचत तर्फ ३ देखि ५ प्रतिशत, मुद्धति तर्फ व्याक्तिगतको १० प्रतिशत र संथागत तर्फ ८ प्रतिशत व्याज दिने गरेको प्रबन्धक पौडेकोे भनाई छ ।

आधुनिक सुचना प्रविधिमा अभ्यस्त युवा व्यवसायीहरुलाई मोवाईल बाटै बैङ्किङ सुविधा दिने काम पनि अगाडी बढि रहेको पौडेल ले बताए ।

 

प्रतिक्रिया दिनुहोस्