
तमानखोला गाँउपालिकामा गत कार्तिक १३ गतेदेखि सुरु भएको पाँचदिने बोल्ने कला तथा पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ । तमानखोला गाँउपालिकाको आयोजना नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाको संयोजनामा सुरु भएको तालिममा त्यस क्षेत्रका २६ जनाले तालिम लिएका छन् ।
शनिबार समापन सत्रको कार्यक्रममा तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढाले बोल्दै सञ्चार क्षेत्रको पहुँचबाट पछाडि रहेको तमानखोला गाँउपालिका पत्रकार महासंघ र बुर्तिबाङमा रहेका एफ एम रेडियोको भुमिका सकारात्मक भएको बताउँदै आगाडि दिनमा आफनो गाँउपालिकामा लुकेर रहेका समाचार मुलक सामाग्रीले स्थान पाउने बताउँदै आफुहरुले समेत गाँउपालिकामा सञ्चार क्षेत्रको विस्तारका निम्ती आवश्यक पहल गर्ने बताए ।
त्यस्तै गाँउपालिका उपप्रमुख मानसरी शेरचन, पत्रकार महासंघ बाग्लुङका अध्यक्ष दिल श्रीस, सहजकर्ता राम सुवेदी, प्रशिक्षार्थिको तर्फदेखि नमि घर्तिमगर, रविन्द्र रोकाले बोका थिए । कार्यक्रम पत्रकार महासंघ बाग्लुङका सचिव रामथापा अविरलको सञ्चालनमा सम्पन्न भएको हो ।