२९ बैशाख २०८२, सोमबार

 

प्याराडाइज पेपर्सको रहस्य

के हो प्याराडाइज पेपर्स ?

प्याराडाइज पेपर्स जनतासामु आउने त्यस्तो वित्तीय दस्ताबेज हो, जसले संसारभरका धनी तथा शक्तिशाली मानिसले ट्याक्स हेभन देशमा गरेका ठुल्ठूला लगानीमा प्रकाश पार्छ । प्राविधिक भाषामा यसलाई अफसोर फाइनान्स भन्ने गरिएको छ।

यो सिंगो साता सयौँ मानिस र कम्पनीको कर तथा वित्तीय जानकारी सार्वजनिक गरिँदै आएको छ । तमाम जानकारी यस विषयमा केन्द्रित छ कि कसरी राजनेता, बहुराष्ट्रिय कम्पनी, सेलिब्रिटी तथा हाई प्रोफाइल मानिसले ट्रस्ट, फाउन्डेसन तथा कागजी कम्पनी आदिका माध्यमबाट कसरी आफ्नो व्यापारी साझेदारी तथा लगानी गोप्य राख्न सफल भए ?

संसारकै सुन्दर स्थानमा गनिने देश, जसमा बरमुडा पनि सामेल छ, जहाँ मुख्य कम्पनी ‘एपलबी’ को हेडक्वार्टर छ, यिनको नाम आएको हुनाले यसको नाम प्याराडाइज पेपर्स चुनिएको हो । यी देशमा ट्याक्सहेभेन अर्थात् कर चोरीको स्वर्ग भन्न सकिने पर्याप्त आधार छन् ।

ककसको पर्दाफास गरिँदै छ
सयौँ राजनेता, मल्टिनेसनल्स, सेलिब्रिटिज र धनी मानिसको ट्याक्स हेभन देशमा लगानीसित जोडिएको जानकारी सार्वजनिक भएको छ । यीमध्ये केही घरेलु मानिस पनि छन् । यस क्षेत्रमा काम गरिरहेका कानुनी फर्म, वित्तीय संस्थान तथा एकाउन्टेन्टको कामकाजमाथि यी कागजातले प्रकाश पार्छन् ।

सयौँ राजनेता, मल्टिनेसनल्स, सेलिब्रिटिज र धनी मानिसको ट्याक्स हेभन देशमा लगानीसित जोडिएको जानकारी सार्वजनिक भएको छ

द प्याराडाइज पेपर्समा दाबी गरिएको छ कि बेलायतकी महारानीको निजी सम्पत्तिमध्येबाट करिब एक करोड पाउन्ड विदेशमा लगानी गरिएको छ । यस पैसालाई डची अफ लेकास्टरले कमन आइल्यान्ड तथा बरमुडाको कोषमा लगानी गरेका थिए । यिनले महारानीको आय दिन्छन् र उनको करिब ५० करोड पाउन्डको निजी तलबको लगानी सम्हाल्छन् ।

दस्ताबेजहरूमा यो पनि दाबी गरिएको छ कि डोनाल्ड ट्रम्पका निकट सहयोगी रसले एक जहाज कम्पनीमा लगानी जारी राखेका छन्, जसले रुसको एक ऊर्जा कम्पनीका लागि ग्यास तथा तेलको परिवहन गरेर वार्षिक करोडौँ डलर कमाइरहेको छ । रुसको ऊर्जा फर्कमा भ्लादिमिर पुटिनका ज्वाइँ तथा अमेरिकाको प्रतिबन्धको सामना गरिरहेका थप दुईजनाको पनि लगानी छ।

प्याराडाइज पेपर्सको स्रोत ?
प्याराडाइज पेपर्समा १४ सय जिबीभन्दा पनि बढी तथ्यांक तथा करिब १.३४ करोड दस्ताबेज छन् । यीमध्ये ६८ लाख दस्ताबेज कानुनी सेवा उपलब्ध गराउने कम्पनी एपलबी तथा कर्पोरेट सर्भिस प्रोभाइडर कम्पनी एस्टेरासित मेल खाएका छन् । दुवै कम्पनी २०१६ सम्म एपलबीको नामबाट काम गर्थे । यसै वर्ष मात्र एस्टेरा स्वतन्त्र रूपमा अस्तित्वमा आएको हो ।

अन्य साठी लाख दस्ताबेज १९ देशसित मिलेका छन् । यीमध्ये अधिकांश क्यारेबियन क्षेत्र छन् । दस्ताबेजको सानो भाग सिंगापुरमा काम गर्ने इन्टरनेसनल ट्रस्ट तथा कर्पोरेट सेवा उपलब्ध गराउने कम्पनी एसियासिटी ट्रस्ट हुन् । सार्वजनिक भएका दस्ताबेजमा सात दशकको समय (सन् १९५०–२०१६) समेटिएको छ ।

एपलबी के हो ?
अधिकांश दस्ताबेज एपलबी कम्पनीका छन् । बरमुडास्थित यो कम्पनीले कानुनी सेवा प्रदान गर्दै आएको छ । यसले आफ्नो ग्राहकलाई शून्य या अत्यन्त कम करवाला देशमा कम्पनी स्थापित गर्न सहयोग गर्छ । यस कम्पनीको इतिहास १८९० देखि सुरु भएको हो । यस क्षेत्रका संसारभरका १० ठूला कम्पनीमा यसको नाम लिने गरिन्छ ।

सार्वजनिक भएका जानकारीबाट यो थाहा हुन्छ कि एपलबीका क्याइन्ट लिस्टमा अमेरिकीको बोलवाला छ । ३१ हजार अमेरिकी ठेगाना यस सूचीमा छन् । १४ हजार ब्रिटेनका र १२ हजार बरमुडाका ठेगाना यस सूचीमा छन् ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डट कम/नयाँपत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung