३१ बैशाख २०८२, बुधबार

 

‘जनताले पटक पटक दिएको अभिमतलाई कांग्रेसले कुल्चेको’ केसीको आरोप

नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मनकुमारी केसी जिसीले नेपाली जनताले पटक पटक दिएको अभिमतलाई नेपाली कांग्रेसले कुल्चेको आरोप  लगाईन   । २०१५ सालमा दुई तिहाई, २०४८ र २०५६ सालमा स्पष्ट बहुमत पाएको र तीन पटक नै कांग्रेसले ५ वर्ष शासन सञ्चालन गर्न नसकेको यथार्थ जानकारी गराउदै उनले यस पटक वामपन्थीहरुलाई बहुमत सहित विजयी गराउन आव्हान गरिन ।   प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तरगत बुधवार काठेखोला गाउँपालिका वडा नंं. ८ लेखानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक उमेदवार समेत रहनु भएकी केसीले यस्तो बताईन ।

सत्ता पाएर पनि जनताको हितमा काम गर्न नसक्ने कांग्रेसलाई पटक पटक बहुमत दिने तर ९ महिना मात्रै सरकार सञ्चालन गरेर पनि देशवासीको हितमा उल्लेख्य काम गर्ने वामपन्थीहरुलाई वेवास्ता गरेको भन्दै केसीले यस पटक परिक्षणकै रुपमा सही वामपन्थीहरुलाई मत दिन  आम देशवासीलाई आग्रह गरिन । २०१५ सालमा कांग्रेसले दुइ तिहाइ बहुमत हुदा एक वर्ष शासन गर्न सकेन, २०४८ सालमा स्पष्ट बहुमत ल्याएको कांग्रेसले ३ वर्ष शासन गर्न नसकेर मध्यावधी निर्वाचन गरायो, २०५६ सालमा स्पष्ट बहुमत ल्याएको कांग्रेसले ३ वर्षमा तीन जना प्रधानमन्त्री बनायो र २०५९ सालमा बहुदलीय प्रजातन्त्र नै समाप्त गरी शासन सत्ता राजाको हातमा थमाएको यथार्थलाई मध्यनजर गरी यस पटक वाम गठबन्धनका उमेदवारलाई जिताएर स्थिर शासन सञ्चालनमा सहयोगी बन्न जनतालाई अनुरोध गरिन ।

स्थिर सरकार, दिगो विकास र जनतालाई सामाजिक रुपमा सुरक्षा दिनका लागि नेकपा एमालेको नेतृत्वमा रहेको वामपन्थी गठबन्धनलाई जिताउन र देशको आर्थिक सामाजिक विकासमा योगदान गर्न सबैले सहयोग गर्नू पर्नेमा उनको जोड थियो ।   कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा तर्फ साझा वाम गठबन्धनका उमेदवार इन्द्रलाल सापकोटाले स्रोत र साधनले भरिपूर्ण हाम्रो देश गरिव हुनुमा राजनीतिक अस्थिरता कारकका रुपमा रहेकोले स्थिर सरकार निर्माणका लागि बामपन्थीहरु एकतावद्ध भएर आएको बताए ।   निर्वाचनमा वामपन्थीहरुलाई मतदान गर्न आव्हान गर्दै उनले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कांग्रेससंग परिवर्तनलाई संस्थागत गर्ने र देशको आर्थिक विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउदै सापकोटाले समृद्धिलाई प्रमुख प्राथमिकता दिएका वाम गठबन्धनका उमेदवारलाई जिताउन अनुरोध गरे ।   

लेखानीको बाङ्गावाज, ६ सय, उपल्लाथर, कादेश लगायतका स्थानमा भएका चुनावी सभाहरुमा नेकपा एमालेका काठेखोला गाउँपालिका संयोजक डिल्लीराज गौतम, सहसंयोजक अञ्जु जिसी, राष्ट्रिय जनमोर्चाका समानुपातिक उमेदवार लक्ष्मण पुन, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य नविन कंडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, एमाले जिल्ला सदस्य दिपक गौतम, एमाले प्रदेश निर्वाचन कमिटिका सदस्य कुलबहादुर विक, बानपा–५ का वडा अध्यक्ष शिव सापकोटा, एमाले क्षेत्रीय सदस्य सुवास गौतम, नेकपा माओवादी केन्द्रका नरबहादुर क्षेत्री लगायतले आगामी निर्वाचनबाट देशभक्त वामपन्थीहरुको सरकार निर्माण गरी समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुनका लागि वामपन्थीहरुलाई मतदान गर्न आव्हान गर्नु गरे । कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिका वडा नंं. ८ का अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षता, मनबहादुर पुनको स्वागत र चित्रकला छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung