३० बैशाख २०८२, मंगलवार

 

बाँसखर्क र मल्लाजलाई सुन्तला पकेट क्षेत्र गराउने

पर्वतको जलजला गाउँपालिकाले बाँसखर्क र मल्लाजमा सुन्तला पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाँसखर्क र मल्लाज क्षेत्रमा सुन्तला खेतीको विकास, विस्तार र प्रबद्र्धनका लागि पकेट कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु गरेको हो । कार्यक्रम कार्यान्वयनका लागि मंगलबार गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को उपस्थितीमा भएका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा पर्ने बाँसखर्क र मल्लाजका कृषकहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ ।

शिव खत्री संयोजक, सरस्वती घर्ती उपसंयोजक र सुदिप पौडेल सचिव रहेको ७ सदस्यीय उपभोक्ता समिति गठन भएको गाउँकार्यपालीकाका प्रवत्ता तथा वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ मा दश लाख रुपैया बजेट विनियोजन गरेको छ । उक्त बजेट सुन्तलाको बजारीकरण, बिरुवा, मल र बगैचा सुदृढीकरणका लागि परिचालन गर्ने कार्यक्रम बनाइएको छ । बाँसखर्क र मल्लाजका करिब दुई सय घरधुरी कृषकले व्यवसायीक सुन्तला खेती गरेका छन् । यस क्षेत्रबाट वार्षिक साढे दुई करोड रुपैया भन्दा बढीको सुन्तला निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung