७ जेष्ठ २०८१, सोमबार

 

किन गाउन छाडिन कोइलीदेवीले गीत

कोइलीदेवीको जन्म सन् १९२९ मा मकवानपुर जिल्लामा भएको हो । उनी बाबु रामबहादुर बस्नेत क्षेत्री र आमा नीलम प्रधानकी पुत्री हुन् । उनको चिनाको नाम राधा थियो । बाबु आमाले भने उनीलाई पान्तरी भनेर बोलाउथे ।
पान्तरी सानै हुँदा नै उनकी आमाको मृत्यु भयो । आमाको दुधको भरमा बाँचेकी पान्तरी भोक लाग्दा असाध्यै रुन्थिन् । रातोदिन रोएर हजुरआमालाई दःुख दिन्थिन् । हजुरआमा उनलाई सखर र चिउरा भिजाएर खुवाउथिन् । उनका पिता चाहिँ छोरीका थाङ्ना धुन्थे र सुकाउथे । हजुरआमा भने तातिनीलाई बोक्थिन् अनि फुल्याउथिन् ।
पान्तरी पाचँ वर्षकी भएपछि उनका बाबुले उनलाई काठमाडौ पु¥याए । रामबहादुरले पान्तरीलाई फुपुसँग छोडिदिए । त्यसपछि आफुचाहि मकवानपुरतिर लागे । अव पान्तरी आफ्नी फुपुसँग बस्न थालिन् । पान्तरीकी पु्mपु मानप्रिय तत्कालीन श्री ३ जुद्धशमशेरको दरबारमा सितारा बजाउथिन् । गीत गाउथिन् । पान्तरी चाहि सितार बजाएको सुन्थिन् । उनलाई रमाइलो लाग्थो । कहिले कहिले उनी आफु पनि सितार सुमसुम्याउथिन् । गीत पनि गाउन खोज्थिन् ।
सुरुमा त श्री ३ जुद्धशमशेरले पान्तरीलाई दरबारमा नराख्नु भन्ने आदेश दिए । जुद्धशमशेरले नरुचाएकी पान्तरी लाई उनैकी कान्छी महारानी गम्भीरकुमारीले हृदयदेखि नै माया गरिन् । त्यसपछि उनैको आदेश अनुसार पान्तरी हजुरिया जनेँल सिंहशमशेरको दरबारमा बस्न पाउने भइन् ।
पान्तरीलाई देख्ने बित्तिकै सिँहशमशेरले भने मान्छे पनि कोइली जस्तै काली स्वर पनि कोइलीको जस्तो । तत्कलै उनले कोइलीदेवी नाम राखेर पान्तरीको न्वारन गरिदिए । यसै समयदेखि पान्तरी कोइलीदेवी भइन् । अरुले आफुलाई कोइलीदेवी भनेको सुन्दा उनी अत्यन्तै खुसी हुन्थिन् ।
पान्तरी काठमाडौको मखनटोलमा रहेको पाठशालमा जान्थिन् । उनको मन चाहिँ पुस्तममा अडिँदैनथ्यो । पान्तरीको कानमा सितारको स्वर गुन्जिन्थ्यो । उनिलाई फुपुदिदीले गाएको गीतको भाकाले तान्थ्यो । उनी हिड्दा गीत गाउदै हिँड्थिन् । खेल्दा पनि गितै गाउथिन् । गुरुकोमा गएर शास्त्रीय सङगीतकै अभ्यास गर्थिन् ।
पछि उनी सिंहमहलमा कलाकारको भुमिका निर्वाह गर्न थालिन् । पान्तरी पातली थिइन् । ख्याउटी र दुब्ली थिइन् । उनी दिनभरि जसो सङगीतमै लागिरहन्थिन् । उनको तिखो स्वर सुन्दा सबै दङग पर्थे । कोइलीदेवी सिंहमहलको नाचघरमा गीत गाउथिन् । बाजा बजाउथिन् । नाच्ने पनि गर्थिन् । उनी केटा र केटी दुवैको अभिनय गर्थिन् । उनको अभिनय देखेर दरबारियाहरु मख्ख पर्थे । उनी चाहिँ प्रफुल्ल बन्थिन् ।
कोइलीदेवी फुटबल खेल्थिन् । महलका पहरेदारहरु झुम्मीएर हेर्थे । उनी टेनिस खेल्थिन् । रिङ पनि खेल्थिन् । राणाहरु आँखा एक छिन पनि झिम्म नपारी उनको खेल हेर्थे । हलुङगेको थालमा खाने कोइलीदेवी चाँदीको थालमा भात खान्थिन् । कोइलीदेवी दरबारिया रहनसहनमा हुर्किन् । बाहिर निस्कदा महगामहगा पोसाक लगाएर हिड्थिन् ।
फुपुदिदि विरामी भएपछि उनले सिँहमहल छोडिन् । उनी विरामी दिदिको स्याहारसुसारमा लागिन् । विस २००७ सालमा प्रजातन्त्र आयो । लामो समयदेखिको जहानिय राणाशासन समाप्त भयो । यसै समयमा दरबारमा काम गर्ने सर्वधारण समेत दरबारबाट बाहिर निस्के । अहिलेसम्म दरबारमा नै सीमित भएको कोइलीदेवीको सुमधुर स्वर र सङगीत पर्खाल तोडेर बाहिरको विशाल संसारमा निस्कियो ।
नेपालमा प्रजातन्त्र रेडियो पनि खुल्यो । रडियोका तत्कालीन निर्देशक तारिणीप्रसाद कोइरालाले कोइलीदेवीलाई रेडिया नेपालमा गित गाउन बोलाए । कोइलीदेवीले २००७ साल चैत्र २६ गतेदेखि गीत गाउन सुरु गरिन् । संसारको झमेला , लाग्दो छ क्या यो मेला । आफ्नै रचना तथा सङगीतमा गाइएको यो उनको पहिलो गीत हो । कोइलीदेवी नेपालकी प्रथम महिला सङगीतकार बनिन् । उनले गीतबाट धेरै मानिसका हृदयका भावना पोखिन् ।
माया मेरी मेरी भन्दै उसै बोलाएर
हेर्छाै किन तिमी मलाई आँखा लोलाएर ।
कोइलीदेवीले ३३ वर्षीय साकारभक्तसँग प्रेम विवाह गरिन् । उनी साकाहारभक्तकी तेस्री श्रीमती बनिन् । विवाहपछि उनी पतिसँगै काठमाडौमा बस्न थालिन् । उनीहरुका सन्तान भएनन् । कोइलीदेवी आफ्ना रचानालाई सन्तान मान्थिन् । कोइलीदेवी साङ्गीतीक कार्यक्रममै लीन हुन्थिन् । त्यसो भएर पनि पती पत्नी सगै हुन्थे । तरकारी र फलफुल किन्न जादा पनि उनीहरु सँगै हिड्दथे । कोइलीदेवी अरुले पकाएको खादैनथिन् । उनी स्वयंपाकी थिइन् ।
कोइलीदेवी रेडियो नेपालमा जागिर खान्थिन् । उनी सङ्गीतज्ञका घरमा गएर तबला बजाउन सिक्थिन् । सङ्गीतमा उच्च शिक्षा लिने धोको मनभरि हुनाले उनी कहिले कलकत्ता पुग्थिन् । कहिले इलाहावाद जान्थिन् । खर्दारबाट बढुवा हुँदै गएर उनले सङगीत अधिकृतको भुमिका बहन गरिन् । राष्ट्रिय सङ्गीत सम्मेलनमा भाग लिँदा उनी जहिले पनि प्रथम हुन्थिन् ।
रेडियो नेपालकी प्रथम गायिका कोइलीदेवी कहिले रङगमञ्चमा पुग्थिन् । कहिले सांस्कृतिक कार्यक्रममा उपस्थित हुन्थिन् । शास्त्रीय गीत गाउथिन् । लोकगीत गाउथिन् । भजन गाउथिन् । आधुनिक गीत गाउथिन् । उनी गीतमा सङगीत पनि भर्थिन् । उनी गीत, कविता र भजन लेख्थिन् । राष्ट्रिय गीतमा उनको विशेष मोह थियो ।
देशको लागि जो काम गर्छ ज्यूज्यान दिएर
त्यो देशभक्त बाँच्नेछ सदा अमर भएर ।

कोइलीदेवी सुरुमा काली थिइन् । पछि चाहि उनी रातीपिरि र गहुगोरी देखिन्थिन् । उनका दाँत टम्म मिलेका थिए । कान ठुला थिए । चम्किला आँखा र पुक्क परेका गाला थिए । निधारमा उनी त्रिशुल चिन्हको टीको लागाउथिन् । चारधामको आध्यात्मिक यात्रा गरेर पर्केपछि चाहि त्रिशुलटीकाको सट्टा सेतो ठाडो टीका लागाउथिन् । कोइलीदेवी सादा पोसाकमा रमाउथिन् । उनी दालभात र तरकारी मन पराउथिन् । उनलाई मासु पनि मन पथ्र्यो । उनी जहिले पनि नम्र , शिष्ट र मधुर बोल्थिन् ।
कोइलीदेवीले लामो समयसम्म रेडिया नेपालमा काम गरिन् । २०४७ सालमा उनले अवकाश पाइन् । २०३६ सालमा साकारझक्तको मृत्यु भयो । कोइलीदेवीका वरिपरि आफ्नै कालर्सिजना मात्रै थिए । त्यसपछि कोइलीदेवी एक्लो भइन् । उनको हृदयमा ठुलो आघात पुग्यो । उनले गीन गाउन छोडिन् । सङगीत भर्ने कामबाट पनि टाढा भइन् । यसै समयदेखि उनले सङगीत साधनाका सबै सरसामग्रीहरु कलानिधि सङगीत महाविधालयलाई बुझाइन् । स्वर सङ्गीतकी धनी कोइलीदेवी सम्पत्तिकी गरिब थिइन् । उनको एउटा आफ्नै घरसम्म पनि थिएन । एक्ली भए पनि उनलाई चारैतिरबाट सम्मान मिल्थ्यो । आफ्नै घर होस् , घरका भित्तामा आफुले पाएका पदक एवं पुरस्कार झुन्डयाउन पाइयोस् भन्ने कोइलीदेवीको ठुलो चाहना थियो । कहिल्यै पुरा भएन । उनी कहिले काँही विरक्तिएर भन्ने गर्थिन् यी सबै सम्मानहरु लगेर कुकुरको पुच्छरमा झुण्डयाइ देउ , के गर्नु मलाई ? कोइलीदेवीको डेरा सानो थियो । भुँइमा सुकुल आछ्याएको थियो । सम्मानपत्रहरु धेरै थिए । उनी झुन्डयाउन मिल्ने जति प्रमाणपत्र झुन्डयाउथिन् । अटाउने जति पुरानो टयाङकमा थन्काउथिन् । बाँकी खाटमुनीतिरै राख्थिन् । जीवनको पछिल्लो चरणमा पनि उनको कोठामा मट्टितेलको स्टोभ बल्थ्यो । उनी पुरानो कोठामा बस्थिन् । कोइलीदेवीले कति गीत गाइन् । औलामा गनेर साध्य नहुने गरी गाइन् । उनले सयौ गीत गाइन् । त्योभन्दा पनि बढी गीतमा सङगीत भरिन् । उनको जीवनकालमा सेवा गीतसङ्ग्रह , समर्पण गीतसङग्रह र कोइलीदेवी भजनसङ्ग्रह कृतिहरु प्रकाशन भए । कोइलीदेवीले राष्ट्रिय भजन आधुनिक र लोक सबै प्रकारका गीतमा स्वर दिइन् । त्यसो भए तापनि विशेष गरेर उनी भजन र भक्तिगीतमा बढी संलग्न भइन् ।
धेरै ठुलो मिहिनेत गरेर कोइलीदेवीले नेपालको तत्कालीन गीत सङगीतलाई माथि उठाइन् । उनलाई पुरस्कारद्धारा सम्मान पनि गरियो । उनले गोरखा दक्षिणबाहु छिन्नलता गीत , राष्ट्रिय प्रतिभा जस्ता धेरै पुरस्कार पाइन् । नेपाली सङगीतकी सबल साधिका कोइलीदेवी २०६४ सालमा संसारबाट बिदा भए पनि अमर भइन् ।

विश्वप्रसिद्ध कलाकार पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्