१ जेष्ठ २०८२, बिहीबार

 

लान्छना तथा भेदभाव सम्बन्धी तालिम सम्पन्न

एचआईभि संक्रमित र उनको परिवारलाई लक्षित गरी काठेखोला गाउँपालिका २ भिमपोखरामा लान्छना तथा भेदभाव सम्बन्धी तालिम सन्पन्न गरिएको छ । एचआईभिको क्षेत्रमा काम गर्दै आएको धौलागिरी पोजेटिभ समुह बागलुङको आयोजना द ग्लोबल फण्ड राष्ट्रिय एचआईभि एड्स महासंघको सहकार्यमा तालिम सम्पन्न भएको हो । स्थानिय महिला स्वास्थ्य स्वयं सेविका र विभिन्न विद्यालयका शिक्षकहरु सहभागि रहेको तालिमको सहजीकरण संस्थाका सिएचविसी परामेडिक लक्ष्मी कुमाल र गौरी श्रीषले गरेका थिए ।

तालिममा अवसरमा एचाआईभि एड्स यो एउटा अवस्थामात्र भएकोले हरेक समुदायमा कुनै पनि संक्रमितलाई माया र सत्कार गर्नुपर्ने बताईएको थियो । त्यसै गरी संस्थाको बारेमा सामाजिक परिचालक हुमाकुमारी घर्तिले जानकारी दिएकी थिईन । तालिम समापनमा बोल्दै भिमापोखरा स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट दिया छन्त्यालले संस्थाले दिएको जनचेतना मुलक कार्यक्रमले सिंगो समाजलाई नै फाईदा हुने बताईन । करिब २८ जना सहभागि रहेको तालिममा महिला स्वास्थ्य स्वंय सेविका भविकला थापा, भिमदरबार प्रावि गिता हमालले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung