सेल्युट गोर्खा बागलुङले डिबेट नेटवर्क नेपालको सहयोगमा चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्ययन गर्ने बिद्यार्थीलाई बोल्ने कला सम्बन्धि ३ दिनको तालिम बागलुङमा सम्पन्न भयो ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय चिल्ड्रेन लाइफ इङलिस बोडिङ स्कुल ब्यबस्थापन समितिका सदस्य राजेन्द्र आचार्यले धारणा राखेका थिए । डिबेट नेटवर्क नेपाल बिपुल पाण्डे बिद्यार्थी लाई प्रशिक्षण दिएका थिए ।
तालिममा २७ जना बिद्यार्थीको सहभागीता रहेको थियो ।सहभागी बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा बागलुङका संचार कर्मिहरूलाई माया को चिनो प्रदान गरिएको थियो ।

































































































































































































