
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राष्ट्रको आर्थिक समृद्धको मूख्य आधार कर भएका बताएका छन् ।
शुक्रवार करदाता सेवा कार्यालय बागलुङले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम पश्चता बोल्दै पाण्डेले कर तिर्नु सभ्य नागरिकको कर्तव्य र मुलुक समृद्धीको मुख्य आधार भएको बताएका हुन ।
अधिकाशं करदाताहरुलाई आफ्नो अधिकार र कर्तव्यको बारेमा प्रर्याप्त जानकारी नभएकाले यस्ता समस्यालाई सम्वोधन गर्न करदाता सेवा कार्यालयले करदाता शिक्षा कार्यक्रम मार्फत जनतालाई शुसुचीत गराउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रमका अवसरमा सिवाईसी बचत तथा ऋण सहकारी बागलुङलाई यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । सहकारीले आ.व. ०७३।०७४ मा मात्रै ६१ लाख रुपैयाँ कर रकम सरकारलाई बुझाएको भन्दै करदाता सेवा कार्यालय बागलुङका प्रमुख कर अधिकृत सुर्यप्रसाद चापागाईले उत्कृष्ट करदाता घोषणा गरेका हुन् । पोखरामा हुने कार्यक्रममा पुरस्कृति गरिने उनले जानकार दिए ।
कर अधिकृत चापागाईले राष्ट्रिय कर दिवसको रुपमा स्पष्ट पार्दै करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष ०७२।०७३ मा १३ करोड राजस्व संकलन गरेकोमा यस आ.व. मा १७ करोड संकलन गरी लक्ष्य भन्दा २५ प्रतिशत अर्थात आ.व. ०७२।०७३ मा भन्दा ३५ प्रतिशत वढि राजस्व संकलन गरेको बताए ।
चापागाईले आ.व. ०७४।०७५ का लागि रु. २२ करोड लक्ष्य राखीएकोमा यस कार्तिक मसान्त सम्म ६ करोड संकलन भईसकेको र यस आ.व. मा पनि लक्ष्य भन्दा वढि राजस्व संकलन गर्ने गरी काम गरिरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, राष्ट्रिय वाणिज्य संघ बागलुङका अध्यक्ष पुनम शर्मा, नेपाल उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्मा, कर सहयोगि केन्द्र रसाईली लगाएतल शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्षको मङ्सीर १ गते राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिन्छ । मूल्य अभिवृद्धि कर लागु भएको दिन २०५४ मङ्सीर १ गतेको सम्झना गर्दै कर सम्वन्धी जनचेतना र जनसहभागिता बृद्धि गर्ने उद्देश्यले यस दिनलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन थालीएको हो ।
देशव्यापी रुपमा “हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर” भन्ने मुल नाराका साथ मनाउन लागिरहेको राष्ट्रिय कर दिवस २०७४ बागलुङमा पनी करदाता सेवा कार्यालय बागलुङले विधि कार्यक्रमहरु गरी मनाएको छ ।