
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले पहिला भएका तिता पिरा कुरालाई भुलेर वाम गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अग्रह गरे । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नम्वर १ को कार्यकर्ता भेला तथा चुनाव प्रचार प्रसारको क्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली एकता समाजका गंगा पौडेलले राष्ट्रियताको रक्षाका लागि र संविधान कार्यान्वयन गर्नका लागि वाम उम्वेदवारलाई मतदान गरी विजय गराउन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नम्वर १ का अध्यक्ष सकस बहादुर क्षेत्रीले कम्यनिुष्ट हुँ भन्दै विचलन भएकाहरु बिभिन्न झण्डा बोकेर हिड्ने उनीहरु कम्यनिुष्ट हुन नसक्ने भन्दै कम्यनिुष्ट हुनका लागि जसले कम्यनिुष्ट सिद्धान्त थाहा पाउँछ र उ संग कम्यनिुष्टको एउटै झण्डा हुन्छ पार्टि पनि एउटै हुन्छ त्यस्तै जसले अत्यन्तै मिलनसारमा काम गर्न सिपालु हुन्छ त्यो नै सच्चा कम्यनिुष्टहुने बताए ।
भेलामा निवर्तमान सांसद तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन छैठौँका जिल्ला अध्यक्ष सागर कुवँर लगाएतले मन्तव्य राखेका थिए । चुनाव प्रचार प्रसारलाई चुस्त दुरुस्त पार्न सकस बहादुर क्षेत्रीको संयोजकतवमा ९ सदस्यीय साविकको गाविस स्तरिय चुनाव प्रचार प्रसार कमिटीको गठन गरिएको छ ।
त्यस्तै शान्ता शर्माको संयोजकत्वमा २७ सदस्यीय महिला निर्वाचन चुनाव प्रचार प्रसार कमिटीको समेत गठन गरिएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नम्वर १ का अध्यक्ष सकस बहादुर क्षेत्रीको अध्यक्षता र सरोज थापाको संचालनमा सम्पन्न भएको थियो ।