जैमनी नगरपालिका कुस्मिशेरा बजारमा अफसेट प्रेस संचालनमा आएको छ । २५ लाखको लागतमा पहिलो पटक जिल्लाको दक्षिण भेगमा अफसेट प्रेसबाट सेवा सुचारु हुन लागेको हो । युवा व्यबसायी नविन प्रताप जिसी र धनबहादुर जिसीको सयुक्त लगानीमा अफसेट प्रेस स्थापना गरिएको छ ।
पहिला सानो प्रेसको काम गर्नको लागि पनि बागलुङ बजार तथा कुस्मा बजारमा जानु पर्ने बाध्यता थियो, सेवा लिन जादा मानिसको धेरै खर्च हुने गथ्र्याे अहिले यो बाध्यताको अन्त्य भएको जिसीले बताए ।
भारतमा निर्मित अफसेट प्रेस एनालग सिस्टमको उच्च स्तरिय प्रविधिको भएको र यस व्यबसायमा ३ जनाले प्रत्यक्ष रोजगारी पाउने जिसी बताउछन ।













































































































































































































