
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्र कुबेर खापुङको सरुवा भएको छ । करिब एक वर्षपछि आज गृह मन्त्रालयले काठमाण्डौ सरुवा गरेको हो ।
२०७३ साल माग ३ गते आएका खापुङले बागलुङ १ वर्षको बसाईमा अवैध लागु पदार्थको रोकथाम, गाँजा फडानी, सुरक्षित रुपमा स्थानीय चुनाव सम्पन्न, राम्रो सेवा, चोरी लुटपाट जस्ता घटनालाई न्युनिकरण, सुरक्षामा सुधारका कामहरु गरेका थिए । उनी मंसिर ७ गते काठमाण्डौ जाँदै छन ।