२ जेष्ठ २०८२, शुक्रबार

 

जिल्ला सुरक्षा समिति बागलुङले ग¥यो खापुङको विदाई

जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्र कुवेर खापुङलाई जिल्ला सुरक्षा समिति बागलुङले विदाई गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख खापुङको कार्यकाल सफल रहेको बताउदै अबका दिनमा पनि खापुङको कार्य सफलताको शुभकामना दिएका छन ।

सोहि कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, अर्जुनवाण गणका गणपती अच्युतम भण्डारी, शसस्त्र प्रहरीका डिएसपी बहादुर सिहं थापा, राष्ट्रिय अनुसन्धान बागलुङका प्रमुख सुशिल महत, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विश्वराज सिह थापा लगाएतले खापुङले बागलुङमा शान्ति सुरक्षा कायम गर्नको लागि अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा सफलताको शुभकामना दिएका थिए ।
(फोटो अर्जुन ढकालको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung