
वाम गठबन्धनको चुनावी सभा ताराखोला गाउँपालिका ३ काक्राखोरमा बुधबार सम्पन्न भएको छ । सभामा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल सुनिलले २० वर्ष भित्रमा विश्वकै समृद्ध देश बनाउनको लागि वामपन्थी एक भएको कुरालाई जोड दिदै काँग्रसप्रति टिप्पणी गर्दै विचार मिल्ने पार्टी संग मिल्दा काँग्रेसले टाउको दुखाउनु नपर्ने , विकास र समृद्धिको लागि वामपंथी नै आवश्यक रहेको कुरामा जोड दिए ।
त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश सभा सदस्य चन्द्र बुढा सागरले अबको आशा र भरोसा भनेकै वामपन्थी भएको कारणले अब वामपंथी बाहेक अरु शक्तिको विकल्प नभएको कुरामा जोडदिदै वामपन्थीलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।चुनावी सभामा राष्ट्रिय जनामर्चाका प्रदेश समानुपातिक उम्मेदवार तिर्थसिङ थापा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् २ न . क्षेत्र निर्वाचन परिचालन सदस्य संजय कुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
चुनावी सभामा पुर्व साम्सद केशरी घर्ती , बलिवति शर्मा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार धन बहादुर विक, डिलकुमारी रोका पुन , भबिकला घर्ती ,गाउँपालिका प्रमुख प्रकाश घर्ती , अखिल क्रान्तिकारीका विद्यार्थी नेता दिवस खत्री वडा नं. ३ का अध्यक्ष डिल बहादुर बस्नेत लागाएको उपस्थित रहेको थियो ।
ताराखोला गाउँपालिका राष्ट्रिय जनामर्चा संयोजक डम्बर थापाको अध्यक्षता प्रेस सेन्टर ताराखोला गाउँपालिका सचिव मौसम खत्रीको स्वागत मन्तव्य नेकपा एमाले ताराखोला गाउँपालिका वडा नं. ३ का संयोजक मन बहादुर लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।