२ जेष्ठ २०८२, शुक्रबार

 

अपाङ्ग मैत्री मतदान केन्द्र नहुदा अपाङ्गता भएका मतदाता चिन्तित

पहिलो चरण अन्तरगत प्रतिनिधि सभा र प्रदेस सभा सदस्यको निर्वाचन हुन दुई दिन मात्र बाँकि रहदा आम मतदातामा उत्साह छाए पनि बागलुङका अपाङ्गहरुले आफुले मताधिकारबाट बञ्चित हुने चिन्ताले सताउन थालेको छ । मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आफुले भोट हाल्न नपाउने चिन्ताले सताउन थालेको शारिरिक रुपमा अपाङ्ग भएका मतदाताहरु बताउछन् । बागलुङ जिल्लाका १ सय ३ वटा मतदान स्थल मध्ये जम्मा तीन वटामा अपाङ्गै मैत्री मतदान स्थल भएको हुदा शारीरिक अपाङ्गता भएका मतदाता चिन्तित छन ।

आफुहरुलाई पटक पटक भोट माग्न आउने उमेद्वारहरुले हामीलाई मत दिनुहोस हामी अपाङ्गता भएकाहरुलाई हेर्नेछौं भनेर आश्वासन दिए पनि जितेर गएपछि फर्केर नहेरेको होमनाथ शर्माले बताए । बागलुङ जिल्लाको जैमिनि नगरपालिका वडा नम्बर ५ विनामारे घर भई बागलुङमा मोवाईल मर्मत केन्द्रमा पेसा व्यवसाय गर्दै आउनु भएका अपाङ्गता मतदाता शर्माले हामीजस्ता धेरै अपाङ्ग भएका व्यक्तिहरुलाई राज्यको वेवास्ताका कारण मतदान गर्नबाट बन्चित गराएको बताए ।

त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर चारका धर्मराज आचार्यले पनि हामीजस्ता अपाङ्ग मतदाताहरुको मत सुरक्षित गर्न राज्य र राजनैतिक दलहरुले पहल गर्नु पर्ने बताए । यी दुई व्यक्तिहरु त प्रतिनिधि पात्र मात्र हुन । बागलुङमा करिव सात हजार अपाङ्ता भएका व्यक्तिहरु छन् । अपाङ्ग मैत्री मतदान केन्द्र नभएका कारण धेरैले मताधिकारबाट बञ्चित हुँदैछन । अपाङ्ग जिल्ला सञ्जालका कोषाध्यक्ष ईन्द्रा शर्माले अपाङ्ग मैत्री मतदान केन्द्र नहुँदा सहज ढंगले मतदान गर्न जान र फर्कन गाह्रो हुने बताईन ।

त्यस्तै अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले भने ‘अपाङ्गता भएका व्यक्ति धेरै कठिन हालतमा छन, सरकारले जस्तो सुकै नीति ल्याए पनि व्यवहारमा कार्यन्वयन नभएको पाएका छौँ, अपाङ्ग मैत्री निर्वाचनका संरचनाहरु विकास गर्न नसक्दा अपाङ्गता भएका व्यक्तिहरुले मत दिने अधिकार सुरक्षित गर्न सकिएको छैन र उनीहरुको आवाज ओझेलमा परेको छ ।’

जिल्ला निर्वाचन कार्यालयले प्रमुख विकाश चन्द्र शर्माले भने बागलुङ जिल्लामा भौगोलिक कठिनाई तथा भु–बनोटका कारण अपाङ्गता मैत्री मतदान केन्द्र गराउन नसकेको स्वीकारेका छन् । अधिकांश शारीरिक अपाङ्गता भएका व्यक्तिले मताधिकार गर्न पाएको खण्डमा अपाङ्गाताको क्षेत्रमा काम गर्ने उमेद्वारहरुलाई चयन गर्ने सोचाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung