३ जेष्ठ २०८२, शनिबार

 

निर्वाचन पर्यवेक्षकको भुमिका सिसि टिभी को जस्तो हुन जरुरी

लोकतन्त्र संस्थागत गर्नका लागि निर्वाचन अनुगमन गर्न आवश्यक रहेको बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । आम निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख विकाश चन्द्र शर्माले अहिले निर्वाचन पर्यवेक्षण गर्ने संस्था र व्यक्तिले पालना गर्नुपर्ने नीति नियम निर्वाचन आयोगले बनाएको छ सो भित्र रहेर काम गर्नुपर्ने बताए ।

पर्यवेक्षकले आफ्नो सिमामा रहेर पर्यवेक्षण गर्नुपर्ने र पहिचान सहित आफुलाई तोकेको केन्द्रमा गएर मात्रै गर्नुपर्ने शर्माले बताए । कार्यक्रममा बागलुङका प्रमुख निर्वाचन अधिकृत प्रकाश पण्डितले निर्वाचन लाई निष्पक्ष र स्वतन्त्र पुर्वक गराउन आफु तयार भएको बताए ।
अहिले निर्वाचनमा जुन खर्चको तरिकाले बढ्दै गैरहेको छ यस्तै गएर भोलि राजनीति ठेकेदार र व्यापारीको हातमा जाने हुदा यस तर्फ सोच्न जरुरी रहेको पण्डितले बताए ।

निर्वाचन पर्यवेक्षणको भुमिका सिसि टिभी को जस्तो हुन जरुरी रहेको पण्डितले बताए । युरोपियन युनियन को पर्यवेक्षणको भुमिका आफ्नो कार्य क्षेत्र भन्दा अलि गलत खालको देखिएको बताए । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बागलुङ जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो चुस्त दुरुस्त भएको हुदा यहाँ कुनै समस्या नभएको बताए । सुरक्षाको प्रबन्ध हुँदाहँुदै पनि बागलुङको ४ ठाउँमा विस्फोट का घटना घटेको थापाले बताए ।

निर्वाचन परिवेक्षण जियोगका सबित बराल निर्वाचन प्रणाली तथा निर्वाचन कानुन छन् । अहिले निर्वाचन निष्पक्ष गराउन पर्यवेक्षकको भुमिकाले पनि सकारात्मक प्रभाव पर्ने बताए । कार्यक्रममा चिरञ्जीवी खनालले अहिले निर्वाचन कार्यालयले भने झै चुस्त दुरुस्त छ कि छैन यस्तो कुरा पनि निर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकले गर्न जरुरी रहेको बताए ।

निष्पक्ष शान्तिपूर्ण निर्वाचन गर्ने भुमिका पर्यवेक्षणबाट हुनुपर्ने समेत ले बताए । कार्यक्रम संचालन नेपाल कानुन समाज बागलुङका अधिवक्ता राम शर्माले गरेका थिए । बागलुङ जिल्लाबाट १६ जनाले जियोग बाट निर्वाचन पर्यवेक्षण गर्ने अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung