५ कार्तिक २०८३, बुधबार

 

जन चाहाना बालबिकास केन्द्रलाई आर्थिक सहयोग

जन चाहाना बालबिकास केन्द्र तारीखेतको भौतिक व्यवस्थापनका निम्ति बागलुङ युके समाजका प्रमुख सल्लाहकार मानबहादुर श्रीस र युके समाजका भुपु अध्यक्ष धनबहादुर कुँवरद्धारा संयुउक्त रुपमा १ लाख ३० हजार रुपैयाँ सहयोग गरेका छन ।

बालशिक्षाको भौतिक व्यवस्थापनका निम्ति संयुक्त रकम प्राप्त भएको बालशिक्षा सञ्चालन समितिका अध्यक्ष बालसम कँुवरले बताए । सोमबार आयोजित एक कार्यक्रमका बिचमा दुबै जनालाई स्वागत गर्दै बालशिक्षाको अवस्था र योजनाका बिषयमा अवगत गराईएको थियो ।

कार्यक्रम बालशिक्षा सञ्चालन समितिका अध्यक्ष बालसम कँुवरको अध्यक्षता, बागलुङ युके समाजका प्रमुख सल्लाहकार मान बहादुर श्रीसको प्रमुख आतिथ्यता, बागलुङ युके समाजका भुपु अध्यक्ष धनबहादुर कुँवरको विशिष्ठ आतिथ्यता रहेकोमा स्थानीय समाजसेवि, बुद्धिजिवी, लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung