
ढोरपाटन नगरपालिका–२ रिनाम बस्ने ५८ वर्षिय रेशमलाल जैसी सोडेगैरा भिरबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् । प्रदेश तथा प्रतिनिधि सभाको चुनावको मतदान गरेर फर्केका जैसी सम्पर्क विहिन भएका थिए । जैसी घर नपुगेपछि खोजी गर्ने क्रममा सोडेगैरा भिरबाट लडेर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए । तर मृत्युको वास्तविक कारण खुल्न सकेको छैन ।
अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । जैसीको लास ५ सय मिटर तल अप्ठ्यारो भिरमा फेला परेको थियो । शवको सोमबार नै पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ । घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक रानाले बताए ।