नेपाल रेडक्रस सोसाइटी बागलुले आयोजना गरेको राष्ट्रिय स्तरीय निबन्ध लेखन प्रतियोगितामा बागलुङका २ विद्यालयका ३ जना विद्यार्थीहरु छनोट भएका छन । गरिमा आवासीय माविका कक्षा ८ का उत्तम सापकोटा र विद्यामन्दिर माविका कक्षा १२ का सुप्रिया शर्मा र सुरक्षा शर्मा छनोट भएको बागलुङ रेडक्रस सोसाइटीका उप–सभापति राजेन्द्र आर्चायले जानकारी दिए । 
१२ विद्यालयका ३४ जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिताको छनोट समितिमा आचार्य र जुनियर युवा रेडक्रस सर्कलका संयोजक जीवननाथ शर्मा रहेका थिए ।
निबन्ध प्रतियोगिताको शिर्षक ‘समुदायको विपद र पीडामा रेडक्रस जुनियर युवाको सहयोगी भावना’ रहेको थियो । राष्ट्रिय स्तरको प्रतियोगिता मंसिर २२ गते शङ्खुवासभामा हुने भएको छ ।






























































































































































































