१ जेष्ठ २०८२, बिहीबार

 

बराहकोट– पोखराचौर हुँदै बरेङ जोड्न मोटरबाटो निर्माण समिति गठन

बराहकोट–पोखराचौर हुँदै बरेङ जोड्न मोटरबाटो निर्माणको लागि उपभोक्ता समितिको गठन गरिएको छ । बरेङ गाउँपालिका –२ का वडा अध्यक्ष गुप्तप्रसाद काला, वडा सदस्य रनबहादुर क्षेत्री, गाउँ कार्यपालिकाका सदस्य नरबहादुर रिजालको विशेष उपस्थिति रहेको गाउँ भेलाले भोजराज शर्माको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समितिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा खुमानन्द शर्मा, सचिव टिकाराम क्षेत्री र कोषध्यक्षमा विमला थापा चयन भएका छन ।  बरेङ गाउँपालिका – २ अन्तरगत साविकको हुग्दिशिर गाविसको वडा नम्वर ८ बराहकोटदेखि हुग्दिखोला हुँदै वडा नम्वर ५ भेडिखोर, पोखराचौर, सक्नेरी, बरेङ जोड्ने मोटरबाटो निर्माणको लागि समितिको गठन गरिएको हो ।

२०७३ सालमा जिल्ला विकास समितिको नगद २ लाख र स्थानीय साविकको हुग्दिशीर वडा नम्वर ५ मा रहेको संगम आमा समुहको नगद १ लाख गरी ३ लाख बराबरको बजेटमा बराहकोटमा ट्रयाक खोलेर हिराने भन्ने स्थानसम्म ट्रयाक खोलिएको थियो । अहिले बरेङ गाउँपालिकाबाट सो बाटो मर्मत तथा निर्माणको लागि नगद २० लाख विनियोजन भएको बरेङ गाउँपालिकाले जनाएको छ ।

त्यस्तै शुक्रबार नै बरेङ गाउँपालिका – २ चौतारा मा बलराम शर्माको अध्यक्षतामा छरछरे खानेपानी उपभोक्ता समिति समेत गठन गरिएको छ । वडा सदस्य रनबहादुर क्षेत्रीको विशेष उपस्थितिमा गठन गरिएको समितिको सचिवमा केशवराज क्षेत्री, कोषाध्यक्षमा गिता सुवेदी शर्मा चयन भएका छन ।  बरेङ गाउँपालिकाको मर्मत सम्भारको लागि विनियोजित बजेतबाट चौतारा खानीगैराका करिब १७ घर धुरीका उपभोक्ताका लागि लाभाम्वित हुनेगरी सो खानेपानी मर्मत गरिने स्थानीय उपभोक्ता चेतनारायण शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung