७ जेष्ठ २०८१, सोमबार

 

सुमेघ फेरि बन्यो उत्कृष्ट ट्राभल एजेन्ट

सुमेघ टुर्स एण्ड ट्राभल्स प्रालि काठमाण्डौले फेरि अर्को उत्कृष्ट अजेन्ट अवार्ड पाएको छ । यसअघि पनि विभिन्न एयरलाईन्सबाट यस्तो अवार्ड पाउँदै आएको सुमेघले पछिल्लो पटक सिङ्गापुर एयरलाईन्स (सिल्क एयर) को उत्कृष्ट एजेन्ट अवार्ड पाएको हो ।

‘हरेक वर्ष नेपालबाट उडान भर्ने राष्ट्रिय अन्तराष्ट्रिय एयरलाईन्स मध्येबाट सिल्क एयरको टप प्यासेन्जर अवार्डबाट हामी सम्मानित भएको छौँ,’ सुमेघका सञ्चालक मेघ केसीले भने, ‘यो हामी प्रति हाम्रा ग्राहकले गरेको विश्वास र मायाँले सम्भव भएको हो ।’ सुमेघले सिल्क एयरबाट ‘टप वान प्यासेन्जर एजेन्ट अवार्ड २०१६/१७’ प्राप्त गरेको हो ।

बागलुङको गलकोट हटियामा जन्मिएका केसीले चलाएको सुमेघ ट्राभल्स एण्ड टुर्स प्रालि नेपालकै एक सफल ट्राभल एजेन्टको रुपमा स्थापित भएको छ । यसका सञ्चालक केसी नेपालको एक सफल ट्राभल व्यवसायी हुन् । उनले पर्यटन र सामाजिक सेवामा समेत काम गर्दै आएका छन् । सुमेघ ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाल तथा विश्वका विभिन्न ठाउँमा जान र त्यहाँबाट नेपाल आउने हवाई टिकट बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्