१ जेष्ठ २०८२, बिहीबार

 

कालिका भगवती मन्दिरमा आधारित पुस्तक हस्तान्तरण

ऐतिहासिक महत्व बोकेको बागलुङ कालिका भगवतीको बारेमा आधारीत पुस्तक एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । रविन्द्र माकाजुद्धारा लिखित बागलुङ कालिका भगवती पुस्तक, कालिका मन्दिरलाई हस्तान्तरण गरिएको हो । पुस्तक प्रकाशक खरिलाल विश्वकर्माले कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्कालाई हस्तान्तरण गरेका हुन ।

पुस्तक हस्तान्रणपछि कार्यक्रममा बोल्दै सहभागीले कालिका मन्दिरको प्रबद्र्धनका साथै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैले आ आफनो क्षेत्रबाट सक्दो प्रयास गर्दै जानुपर्नेमा जोड दिएका छन । उनीहरुले कालिका मन्दिरलाई विश्वव्यापी रुपमा परिचित गराउन मन्दिरले अगाडि सारेका योजनालाई प्राथमिकताका साथ सफल बनाउन सबै तह र तप्काबाट एक हुनुपर्ने बताए ।

कार्यक्रममा विश्व हिन्दु महासघं, नेपाल राष्ट्रिय दलित उत्थान समन्य समितिका केन्द्रिय अध्यक्ष खरिलाल विश्वकर्मा पोख्रेलले सबै अट्न सक्ने सनातन हिन्दु धर्म भएकोले भेदभाव नगरी विश्वभर कायम राख्नुपर्ने बताए । उनले पृथ्वी जहासम्म छ, त्यहा सम्म हिन्दु धर्मलाई पु¥याउन धार्मिक क्षेत्र र बिभिन्न निकाय जुटजुपर्ने समेत बताए । कृतिका लेखक रविन्द्र माकाजुले कालिका भगवतीको बारेमा पुस्तक प्रकाशित गर्न पाउदा आफु गौरभमान्नित भएको बताए ।

कालिका मन्दिरलाई विश्वभर परिचित गराउन कृतिले थप टेवा पु¥याउने उनले बताए । मन्दिरमा आधारिक पुस्तक कास्कीको पोखराबाट प्रकाशित गरि आफुलाई हस्तान्तरण गरिएकोमा निकै खुसि लागेको र आगामी दिनमा सबै क्षेत्रबाट सहयोग गर्नेमा विश्वस्त रहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले बताए ।

कालिका मन्दिरको समग्र विकासमा आफु अहोरात्र खटिएको हुदा विश्व सम्पदाको सुचिमा सुचिकृत समेत सहयोग र सदभाव कायम राख्न उनले सबैलाई आग्रह समेत गरे । बागलुङ कालिका भगवती कृतिलाई तिन भाषामा प्रकाशित गरिने तयारी समेत थालेको छ । कालिका मन्दिरलाई नजिकबाट सबैलाई बुझाउन नेपाली, हिन्दी र अंग्रेजी भाषामा कृति प्रकाशित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung