
मुकेश अम्बानी एसियाकै धनी व्याक्ति भएका छन । फोब्र्स पत्रिकाका अनुसार अम्बानी परिवारको सम्पत्ति ४४ अर्ब डलर पुगेको छ । गत वर्ष अम्बानी परिवारको सम्पत्ति १९ अर्ब डलर थियो । एसियाको १० धनी व्याक्तिहरुको सूचिमा भारतको तर्फबाट अम्बानी परिवार मात्र परेको छ । रिलायन्स कम्पनीको सेयरमा भएको बृद्धिले पनि अम्बानी परिवारको मुुनाफा बढेको छ ।
यसैगरी दुरसञ्चार कम्पनी रिलायन्स जिओको मागमा भएको बृद्धिले अम्बानीको सम्पत्ति बढेको छ । डलर र प्रतिशतको आधारमा भारतमा अम्बानी परिवार जत्तिको राम्रो भूमिका अन्य परिवारले गर्न सकेको छैन । अम्बानी विश्वको २२ औँ धनी व्याक्ति हुन । उनी अनुशासन र समय व्यवस्थापनलाई धेरै महत्व दिन्छन । कुनै पनि व्यवसायीक प्रोजेक्ट समयमै सम्पन्न गर्नु उनी आफ्नो प्रमुख कर्तव्य ठान्छन । अम्बानीका पिता धिरोवाई गुजरातको चोरबारबाट मुम्बई आएका थिए । उनले संसारकै सबै भन्दा महङ्गो घर मुम्बईमा बनाएका छन ।
यो घर बनाउन १० हजार ५ सय करोडको लगानी गरेका थिए । यो घर २७ तलाको छ । उनका पिता कुनै जमानामा अफ्रिकी मुलुक यमनको पेट्रोल कम्पनीमा काम गर्थे । मुकेश अम्बानीको बाल्यकाल सामान्य घरमा बितेको थियो । जुन घरमा २ ओटा कोठा मात्रै रहेको थियो । उनको भाई बहिनी सोही घरमा हुर्किएका थिए । उनी फुटबल खेल्न रुचाउँथे । उनले १९८१ मा रिलायन्स कम्पनीमा काम समालेका थिए । त्यस पछि उनले पेट्रो केमिकल कम्पनीमा लगानी गरे । दुरसञ्चार र रिटेल कम्पनीमा लगानी गरेर अम्बानीले आफ्नो पुख्र्यौली व्यापारलाई विभिन्न क्षेत्रमा विस्तार गरे ।
उनी आफ्नो कार्यालयको कोठामा मात्रै सिमीत हुँदैनन । जहाँ काम छ त्यहीँ कर्मचारीसँग बसेर सल्लाह गर्छन । काम परे राती अबेरसम्म बस्छन । असम्भव भन्ने केहि छैन र समय अगाबै काम कसरी सम्पन्न गर्न सकिन्छ भनेर उनले सधै भरि सोच्ने गर्छन । उनी गणित विषयमा राम्रो दख्खल राख्छन । कुनै पनि व्यवसायी परियोजनालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागि रहने र सुधार गर्ने बानी छ । उनले नितासँग प्रेम विवाह गरेका थिए ।
निता पनि सामान्य परिवारकी थिईन । निताको आमाले नृत्य सिकाउँ थिन । छोराको प्रेम प्रसंग थाहा पाएर उनका बाबुले निताको घरको नम्बर पत्ता लगाएका थिए । उनले सन् १९८४ मा विवाह गरेका थिए । उनका २ छोरा आकाश र अनन्त १ छोरी इसा रहेका छन ।