१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । हिंसालाई बढावा दिने कुराहरुको अन्त्य गरे मात्र लैङ्गिक हिंसाका घटना न्यूनिकरण हुने बगलुङमा आयोजित कार्यक्रमका सहभागिले बताएका छन् । १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा राखेका हुन ।
जिल्ला स्थित राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, महिला अधिकार कर्मी तथा संम्बन्धित कार्यालयका सहभागितामा सम्पन्न कार्यक्रममा सरकारी कार्यालय महिला मैत्री हुनु पर्ने, सवारी साधनमा सुरक्षित यात्रा गर्न पाउने र राज्य संविधानमा उल्लेख गरिएको हिंसा विरुद्धको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रममा बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले हिंसा रहित समाज निर्माण गर्नको लागि हामी सबैले आफ्नो व्यवाहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
नेपालको संविधानमा उल्लेखीय पक्षको कार्यान्वयन जटिलता तर्फ गएकाले यस्को कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । साथै नेपाली सर्वसाधारण राज्यको पहुँच भन्दा बाहिर रहेका व्यक्तिको सेवा तथा सुविधालाई सहजता बनाउन सम्पुर्ण राजनैतिक दल, सरोकारवाला निकायले पहल गर्नुपर्नेमा दिए । त्यस्तै जिल्लाको ग्रामीण भेगसम्म लैंगीङक हिंसाका समस्याका प्रकार र साधानका प्रयासहरुको स्थलगत अध्ययन गरि पहलकदमी लिनेमा बताए ।
सोही अवसरमा नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवर, जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकृृत विश्वसिंह थापा, करदाता कार्यलय बागलुङका प्रमुख सुर्यप्रसाद चापागाई, महिला अधिकारकर्मीहरु लक्ष्मी बास्कोकटा, शकुन्तला शर्मा, ममतादेवी शर्मा, अन्जु जिसी, लक्ष्मी चापागाई, पत्रकार कोपिला कँडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सबैको सामुहिक पहलमा मात्र लैंगीङक हिंसा अन्त्य हुने बताएका थिए । समाजमा लैङ्गिक हिंसा पुर्णमा रुपमा न्युनिकरणका नभई झन जटिलता तर्फ गएकाले समुदायमा जनचेचना मुलक कार्यक्रम लैजानुपर्ने उनीहरुको भनाई थियो ।













































































































































































































