
त्रिभुवन मावि खर्बाङमा कक्षा ९ मा अध्ययनरत छात्रा निरु पुनको मृत्यु भएको छ । मंसिर १२ गतेसम्म विद्यालयमा हाजिर भएकि पुन विरामी भएपछि विद्यालय गएकि थिइनन्। कडा ज्वरो आएपछि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकी १५ वर्षिय पुनको गए राति निधन भएको हो । जण्डीस र टाइफाईड विग्रियको कारण फोक्सोमा असर पर्दा ज्यान गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पुनको बुधबार नै दरम र वडिगाडको दोभानमा दाहसंस्कार गरिएको छ। पुनको निधनले स्तब्ध भएको भन्दै त्रिभुवन मावि खर्वाङले २१ गते विहिवार शोक सभा गर्ने भएको छ । प्रअ ढालमणि भण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालले दिवाङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन ।