२५ असार २०८२, बुधबार

 

म्याग्दीमा मतगणना सुरु

पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ । सदरमुकाम बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । म्याग्दीमा स्थानीय तहका वडा अनुसार मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको थियो ।

प्रतिनिधिसभातर्फ बेनपा ३ भकिम्ली र बेनपा ४ सिंगाको मतदान केन्द्रको मतपेटीकाबाट मतगणना सुरु गरिएको छ । प्रदेशसभा क्षेत्र क मा बेनी नगरपालीका ४ सिंगा र प्रदेशसभा क्षेत्र ख को धौलागिरी गाउँपालिका ७ ताकमको मतपेटीकाको मतगणना सुरु भएको छ । भकिम्लीमा एक हजार ४००, एक हजार ४९७ र ताकममा एक हजार ५३० मत खसेको थियो ।

प्रतिनिधि सभाको दुई र २ वटा प्रदेश सभाको एकएक ठाउँमा गरि चार ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिए । मतगणना स्थलमा उपस्थित हुने उमेद्वार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ ।

मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मंसिर २६ गतेभित्र मतगणना सकीने सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताए ।

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताए । मोवाईल लैजान पनि प्रतिबन्ध लगाइएको छ ।

मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरि समूहमा हिडडुल गर्न र भेला हुन प्रतिबन्ध लगाइएको छ ।

एक नगरपालीका, ५ गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्र्धामा छन् ।

प्रतिनिधि सभामा वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पिर्धी छन । ४२ हजार ९९३ जना मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको प्रदेशसभा क्षेत्र (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका बिनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन प्रमुख प्रतिस्पिर्धीमा छन ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा कुल मतदाता ३२ हजार ५४५ जना रहेकोमा १९ हजार ७७४ मत खसेको थियो । सो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी प्रमुख प्रतिस्पिर्धी हुन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung