७ जेष्ठ २०८१, सोमबार

 

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन विजयी

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को मतगणना सकिएको छ । धौलागिरी, मालीका र मंगला गाउँपालिका समावेश भएको क्षेत्र ख मा एमालेकी नरदेवी पुन विजयी भएकि छिन ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनीक गर्न बाँकी छ । जानकारी अनुसार वाम गठबन्धनबाट उमेद्वार बन्नु भएकी पुनले दुई हजार ८ सय ७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन ।

एमालेकी पुनले १० हजार ८ सय ७१ र काँग्रेसका फगामीले सात हजार ९ सय ९० मत प्राप्त गरेका छन । दोस्रो संविधानसभामा समानुपातीक सांसद बनेकि ४७ वर्षिय पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकि थिईन ।

समाजशास्त्री र राजनीतिमा स्नाकोत्तर गरेकि पुन वि.स २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिङ पुनसंग पराजित भएका छन ।

शिक्षकको स्थाई जागीर छाडेर राजनीतिमा होमीएकी पुन म्याग्दीको संघर्षशिल महिला नेत्री मानिन्छिन । पुन मंगला गाउँपालिका १ भरजुला निवासी हुन । म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र क मा पनि बाम गठबन्धनका उमेद्वार भारी मतका साथ अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस्