
मंसिर २१ गते साँझदेखि सुरु भएको मत गणनाको अन्तिम नतिजा पश्चात मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार विजय उत्सव मनाउन जनसागर उर्लिएको थियो ।
मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा विजयी भएका वाम गठबन्धनका उम्मेदवार समर्थक एवम पार्टी कार्यकर्ताहरु विजय उत्सव मनाउन शुक्रबार जोमसोममा जम्मा भएका थिए ।
ठुलो संख्यामा उपस्थित जिल्लाको पाँच बटै गाउँपालिकाका स्थानिय पार्टी कार्यकर्ताहरुको मुस्ताङ जिल्ला लालकिल्ला, वाम गठबन्धन जिन्दावाद, यो जित कस्को जनताको लगायतका नाराले जोमसोम बजार घन्किएको थियो । उक्त ¥यालीले जिल्ला सदरमुकाम जोमसोम, मार्फा, स्याङ लगायतका ठाउँ परिक्रमा गरेको छ । विजय ¥यालीका सहभागीले गीत नाच प्रस्तुत गर्दै खुसीयाली बाँडेका छन् ।
विजयी उम्मेदवारहरुलाई स्थानियले फूलमाला र खादा द्धारा बधाई तथा सम्मान व्यक्त गरेका थिए । मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि सबै बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभामा प्रेम प्रसाद तुलाचन, प्रदेशसभा क मा इन्द्रधारा विष्ट र प्रदेश ख मा महेन्द्र बहादुर थकाली विजयी भएका हुन् ।