२४ असार २०८२, मंगलवार

 

एमाले अध्यक्ष सापकोटाले काँग्रेस सभापति थापालाई हराए

बागलुङमा एमाले अध्यक्ष र काँग्रेस सभापतिबीचको रोचक प्रतिस्पर्धामा एमालेका अध्यक्ष ईन्द्रलाल सापकोटाले जीत हात परेका छन् । बागलुङ–१ को प्रदेश सभा ‘क’ का साझा वामउम्मेदवार सापकोटाले काँग्रस बागलुङका सभापति दीपेन्द्रबहादुर थापालाई हराएका हुन् । यि दुई प्रतिस्पर्धीबीचको मतान्तर झण्डै ६ हजार छ ।

सापकोटाले १७ हजार ९ सय १५ मत प्राप्त गरेर विजयी हुँदा ११ हजार ९ सय ८९ मत ल्याएका थापा उपविजेता भएका छन् । थापालाई राप्रपाले सघाएको थियो भने सापकोटा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समेतको समर्थनमा चुनावी मैदान उत्रेका थिए ।

सापकोटा बारेको जानकारी

जन्म विसं २०२६ पुस १७, वानपा – ५ मालिका ।  वुवा कुलानन्द र अामा गुमा कुमारी।  शैक्षिक याेग्यता विएल, राजनीति २०४२ सालदेखि, अनेरास्ववियुमा सकिय २०४४ सालमा राजकाज मुद्दा ।  २०४६ सालकाे अान्दोलन सहभागी २०५१ प्रजातान्त्रिक राष्ट्रिय युवा संघकाे बागलुङको अध्यक्ष हुँदै केन्द्रीय महासचिव । विसं २०५४ सालमा मालिका गाविसकाे अध्यक्ष निर्वाचित, २०६२ सालकाे अान्दोलनमा ९० दिन जेल, विसं२०६२ मा नेकपा एमाले बागलुङ जिल्ला सचिव, नेकपा एमालेकाे जिल्ला अध्यक्ष निर्वाचित र प्रदेश पार्टी सदस्य ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung