३२ असार २०८२, बुधबार

 

भिरबाट लडेर मृत्यु

म्याग्दीको धौलागिरी गाउँपालीका २ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका २ मा पर्ने महतलाको भिरबाट लडेर सोही गाउँपालीकाको वडा न. ७ मच्छिमका ६० वर्षिय धनबहादुर दमाईको मृत्यु भएको हो ।

आलुको विउ बोकेर घरतर्फ जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका दमाईको उपचारका लागि बेनी स्थित अस्पतालमा ल्याउने क्रममा बुधबार राती बाटोमै मृत्यु भएको गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । मृतकको शव परिक्षण गरी बिहीबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung