विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनिकरण कार्यशाला वानपा–४, उपल्लाचौर स्थित न्यु ओएसिस माविमा सम्पन्न भएको छ ।
विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यशालामा धौलागिरि सुस्त मनस्थिति, उपल्लाचौर आधारभुत विघालय, देउराली आधारभुत विघालय र न्यु ओएसिस एकेडेमीका शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधि सहभागी थिए ।
सरोकारवालाबीच जोखिम न्युनिकरण बारे सचेतना बढाउन कार्यक्रम आयोजना गरिएको न्यु ओएसिस माविका प्रिन्सिपल नेत्र न्यौपानेले बताए । कार्यक्रम सहजिकरण नेपाल गाजा फाउन्डेसनकि हरिमाया धर्तीले गरेकी थिइन ।
वानपा ४ को वडा अध्यक्ष अध्यक्ष धु्रबबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत शिक्षक दिपक प्रसाद शर्मा कडेलले, अध्यक्षता प्रिन्सिपल नेत्र न्यौपाने र संचालन शिक्षक पूर्णबहादुर खड्काले गरेको थियो ।

































































































































































































