४ कार्तिक २०८३, मंगलवार

 

विद्यामन्दिर माविमा रचनात्मक कार्यक्रम

बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयमा शुक्रबार खुल्ला गीत, गजल तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रअ जगन्नाथ आचार्यको अध्यक्षता, विद्यालय निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्भारीको प्रमुख आतिथ्यतमा भएको हो ।

गजल प्रतियोगितामा १२ जना छात्रछात्राको सहभागिता रहेकोमा सुनिल गैरे प्रथम, सुप्रिया सापकोटा द्धितिय र ज्योती सापकोटा तृतिय भएका हुन । त्यस्तै खुल्ला गीत प्रतियोतिामा हिमा विश्वकर्माको १ समुह मात्रै सहभागिता थियो उनकै समुह प्रथम भएको हो ।त्यसैगरी नृत्य प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो ।

जस मध्य ज्योती मगर प्रथम, अनिता पुन द्धितिय र रितु थापा तृतिय भएकि हुन । नृत्य प्रतियोगितालाई सामुहिक रुपमा समेत मुल्याङ्कन गरिएको थियो । जस मध्य ज्योती थापाको समुह प्रथम, स्मृती श्रीसको समुह द्धितिय र रोसनी बोहराको समुह तृतिय भएका थिए । विजेता भएका सबै प्रतियोगीहरुलाई आजनै पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षक विष्णु काफ्ले को स्वागत र छात्रा प्रतिक्षा गौतम र ज्योती सापकोटाको संचालनमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung