२५ असार २०८२, बुधबार

 

‘अधुरा योजनाहरु पुरा गर्ने छौँ’–सांसद लम्साल

पर्वतमा प्रतिनिधि सभा तथा प्रदेस सभामा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएका सांसदहरुले यतिबेला गाउँ गाउँपुगेर मतदातालाई धन्यवाद दिइरहेका छन । मतदातालाई धन्यवाद दिने क्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरी र प्रदेससभाका सदस्य विकास लम्सालले शुक्रबार महासिला गाउँपालिकाको होस्राङ्गदीदेखि, भोक्सिङ्ग, बालकोटा, लुंखु पाखापानी र फलामखानी पुगेका छन ।

चुनाव जितेर धन्यवाद दिन गाउँ पुगेका गिरी र लम्सालले आफुहरुलाई चुनाव जिताएर जनताले आफुलाई विजयी गराएकाले अब स्थिर सरकार र आर्थिक सम्मृद्धि दिने दायित्व आफ्ुहरुको भएको बताएका छन । महासिला गाउँपालिकाका एउटा बाहेक सबै वडा र गाउँपलिका जितेको एमालेले यस पटक प्रदेश र प्रतिनिधि सभामा समेत जितेका कारण सबै क्षेत्रको विकास गरेर मतलाई खेर जान नदिने प्रतिबद्धधता जनाएका छन ।

‘तपाईहरुले चुनाव जिताएर हामीलाई दिएको दायित्व पुरा गर्न सकेनौ भने हामीलाई पनि धिकार्ने दिन आउँछ’ प्रतिनिधिसभा सदस्य पदम गिरीले भने, ‘ढुक्क भएर बस्नुस यो देशमा स्थिरता र आर्थिक सम्मृद्धि सहितको विकास वामपन्थीले दिएर छाड्नेछन’ उनले आफुले चुनाव अघि गरेको प्रतिबद्धधता अनुसार पर्वतको महासिला क्षेत्रमा पूर्वाधार र सामाजिक तथा शैक्षिक क्षेत्रका परिर्वतनको अनुभूति दिलाउने बताए ।

प्रदेश सभाका सदस्य विकास लम्साले आफु यस अघि सांसद हुँदा सुरु गरेका अधुरा योजनाहरु यस पटक पुरा गर्ने विश्वास दिलाए । फलेबासदेखि हुवाससम्मको सडक यस अवधीमा नै कालोपत्रे हुने र फलामखानी सञ्चालनका लागि उचित पहल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung