बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा सीता जिसीका बलत्कापछि हत्या भएको छ । गुल्मी मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठेका कमल अधिकारीको घरमा बस्दै आएकी शारीरिक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ वर्षकि सीता जिसीको शव शनिबार राती ११ः४५ बजे भीमगिठेको थाम्का डाडामा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख रेग्मीका अनुसार महिलाको शव कपडा नभएको अवस्थामा भेटिएको कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने बताए । शवको मेडिकल परिक्षण र पोष्ट मार्टमपछि सबै कुरा बाहिर ल्याउने रेग्मीले जानकारी दिए । राति अबेरसम्म पनि घरमा नआएपछि कमल अधिकारीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने २ जनालाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेको छ । उनीहरुलाई थप अनुसन्धानको लागि आईतबार जिल्ला ल्याउँदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिए ।













































































































































































































