
महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नि समूहले महिन्द्रा गाडीको एसेम्बल्ड प्लान्ट नेपालमा स्थापना गर्ने योजना बनाएको छ।
राजनीतिक संक्रमणको अन्त्यसँगै राजनीतिक स्थिरता आउने देखेपछि समूहले एसेम्बल्ड प्लान्ट स्थापनाको सोच बनाएको हो।‘निर्वाचनसँगै मुलुकमा राजनीतिक स्थिरता आउने देखिएको छ।गठबन्धन बनाएर निर्वाचनमा गएर बहुमत समेत आएपछि अब पाँच वर्ष स्थीर सरकार हुने देखिन्छ’ समूहका कार्यकारी निर्देशक अर्जुन शर्माले बिजमाण्डूसँग भने,मुलुकमा स्थिर सरकार हुनेवित्तिकै हामीले पनि नयाँ सोच बनाउन आवश्यक छ।हामीले नेपालमै प्लान्ट लगाउने बारेमा योजना अघि बढाउन आवश्यक छ।‘
महिन्द्राले एसयुभी सेग्मेन्टमा सबैभन्दा बढी गाडी बिक्री हुन्छ। महिन्द्राको स्कोर्पियो र बोलेरो गाडी धेरै बिक्री हुने गाडीमा पर्छ।नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट हुलास मोर्टसले सुरु गरेको थियो।तर हुलासले मुस्ताङ म्याक्स उत्पादन गरेपनि बिक्री राम्रो हुन नसकेपछि बन्द भएको छ।अहिले हुलासले विद्युतीय गाडी उत्पादन गर्दै आएको छ।
टाटाले के गर्छ?
सात वर्षअघि नेपालमै प्लान्ट स्थापना गर्ने योजना बनाएपनि राजनीतिक वातावरण र नीतिगत स्थिरता नभएको भन्दै टाटा मोर्टस पछि हटेको थियो।
राजनीतिक वातावरण बनेपनि तत्कालै प्लान्ट लगाउने योजना नभएको टाटा मोर्टसको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका एक अधिकारीले बताए।नेपालमा प्लान्ट स्थापना गर्न आवश्यक जग्गा, बिजुली र सरकारी सहयोगको अभाव भएको कम्पनीको निष्कर्ष निकाल्दै टाटाले नेपालमा प्लान्ट स्थापना गर्ने योजना त्यागेको थियो, ती अधिकारीले भने,अहिले प्लान्ट लगाउने बारे कुनै छलफल भएको छैन।तत्कालै प्लान्ट लगाउने योजना पनि छैन।‘
सुरुमा विदेशबाट गाडीका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने र विस्तारै गाडी निर्माण कारखाना खोल्ने योजना बनाएको टाटा मोटर्सले त्यो लगानी इन्डोनेसिया स्थानान्तरण गरेको थियो।
सुरुमा सिप्रदीले टाटाको ‘एस’ नामको मिनी ट्रक उत्पादन गर्ने सोच बनाएको थियो। नेपालसहित भारत, श्रीलंका र बंगलादेशमा पनि एस गाडी निकै बिकेकोले नेपाल प्लान्ट सोही गाडीबाट सुरु गर्ने योजना बनाएको थियो।
विजमाण्डुबाट