४ कार्तिक २०८३, मंगलवार

 

विद्युतीय पुस्तकालय संचालनपछि पाठक बढे

नेपालकै पुरानो विद्यामन्दिर पुस्तकालय बागलुङमा विद्युतीय पुस्तकालय संचालनमा आएपछि पाठकमा बृद्धि भएको छ । इन्टरनेट नभएको समयमा पनि सहज रुपमा पुस्तक अध्ययन गर्न सक्ने गरि विद्युतीय पुस्तकालय संचालनमा ल्याईएको हो । सुचना तथा प्रविधिको बढ्दो प्रयोगसगै“ विद्युतीय पुस्तकालय संचालनमा ल्याईएको अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । पाठकले विद्युतिय पुस्तकालयको माग गरेपछि थप महत्व बढेको उनले बताए । विद्यामन्दिर पुस्तकालय बागलुङ र लाइबे्ररी फाउडेशन काठमाडौँको प्राविधिक तथा आर्थिक सहयोगमा ई–लाइब्रेरी संचालन गरिएको छ ।

अहिले विद्युतीय प्रविधिबाट पुस्तकको अध्ययन गर्न पाठक दैनिक एक सय जना आउने गरेको पुस्तकालयले जनाएको छ । पहिलो चरणमा पाच“ वटा कम्प्युटरमा र पछि थप दुई वटा गरि सात वटा कम्प्युटरबाट विश्वभर प्रकाशित भएका पुस्तक जुनसुकै उमेरका व्यक्तिले अध्ययन गर्न सक्ने गरि व्यवस्था मिलाईएको अध्यक्ष राजभण्डारीले बताए । लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोग र पुस्तकालयको आफनै आर्थिक स्रोत परिचालनबाट विद्युतीय पुस्तकालय संचालनको ल्याएको छ । बागलुङ नगरपालिकाबाट ७५ हजार रुपैया“, जिसस लगाएत अन्य बिभिन्न क्षेत्रको सहयोगमा पाच“ लाख रुपैया“मा संचालनमा ल्याइएको छ ।

पुस्तकालयका १० हजार र अन्य विद्याका गरि एक लाख वटा बिभिन्न विषयका पुस्तक अफ लाइन र इन्टरनेटबाट अध्ययन गर्न सकिने भएको छ । फाउन्डेसनले ल्याएको विद्युतीय पुस्तकालय अन्र्तगत स्वदेशी तथा विदेशी पुस्तक इन्टरनेटको लाइन नभएको समयमा पनि कम्प्युटरमा बसेर अध्ययन गर्न सकिने विद्यामन्दिर पुस्तकालयका पुस्तकाध्यक्ष मन्जु केसीले बताईन । विगतका समयमा अध्ययनको लागि कम आउने गरेको भएपनि विद्युत्तिय पुस्तकालय संचालनपछि दैनिक ७० जना भन्दा बढि विद्यार्थी र पाठकहरु नियमित आउने गरेको केसीले बताईन ।

अहिले पुस्तकालयमा अध्ययनको लागि उल्लेखनीय रुपमा विद्यार्थीदेखि बृद्धबृद्धासम्म आउने गरेका छन । आधुनिक प्रविधिसँगै इन्टरनेटको माध्ययमबाट आफुले चाहेको विषयमा अध्ययान गर्न पाइने भएपछि विद्यामन्दिर पुस्तकालयमा नियमित आउने गरेको पाठक सरोज शर्माको भनाइ छ । विद्यामन्दिर पुस्तकालय २००३ सालदेखि अहिलेसम्म निरन्तर रुपमा संचालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung