३२ असार २०८२, बुधबार

 

चिल्ड्रेन लाईफ बोर्डिङमा अभिभावक शिक्षा

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले आयोजना गरेको अभिभावक शिक्षा तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बालबालिका, अभिभावक, शिक्षक र विद्यालय बिचको सम्बन्ध सुमधुर बनाउन र सिकाइ उपलब्धि बढाउन आफ्नो बालबालिकासँग मनोवैज्ञानिक ढंगले व्यवहार गर्न अभिभावकहरूलाई प्रशिक्षण दिईएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।

बागलुङ नगरपालिकाका शिक्षा प्रमुख धन प्रसाद पोखेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रमेश पराजुली र कसमिक कनसाईनले सहजिकरण गरेको थिए । ७ सय जना अभिभावक उपस्थित रहेको कार्यक्रमको स्वागत विद्यालय संचालन समितिका उपाध्यक्ष महेन्द्र आर्चायले गरेका थिए । कार्यक्रम विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता र शिक्षक सुरेन्द्र शाक्यको संचालनमा समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung