कुश्मा नगरपालिकाको नगर शिक्षा कार्यालय पर्वतले नगरपालिकाका दुई विद्यालयहरुको छड्के चेक तथा अनुगमन गरेको छ । बुधबार नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री सहितको टोलीले कुश्मा नगरपालिका ११ पकुबामा रहेको विश्वज्योति मावि र स्यानी पोखरी प्रथामिक दुई विद्यायको अनुगमन गरेको छ ।
अनुगमनमा विद्यालयको शैक्षिक अवस्था ,नियमित, शिक्षकको अनिवार्य तथा कक्षा संचानको कसरी भएको छ, भौतिक संरचनादेखि लिएर शिक्षको अध्यापन शैली विद्यार्थीको क्षमता विषयगत शिक्षकसँगको सम्बन्धको बारेमा टोलीले अनुगमन गरेको हो ।हाल सरकारी विद्यालयमा वि द्यार्थीहरु कम हुने र शिक्षकहरु पनि समयमा विद्यालय नआउने आए पनि अध्ययन नगराउने गरेको पाईएको यो समयमा कार्यालयले अनुगमन गर्ने थालेको हो ।
अनुगमनको क्रममा सकरात्मक र नकरात्मक दुबै पक्ष भेटिएको अनुगमन टोलीले बताएको छ । अनुगमनको क्रममा विद्यालयमा ठिक १० बजे नै विद्यार्थी र शिक्षक दुबै उपस्थिती भएको विद्यार्थीहरुको विषयगत सिकाई स्तर सन्तोष जनक रहेको पाईएको थियो । भने विद्यालयमा भएको संरचना पनि प्रयोग नगरिएको ,हरेक शैक्षिक सत्रको शुरुमा अनिवार्य रुपमा नतिजा विश्लेषण गरी सोको अभिलेखिकरण नगरिएको तथा पुस्ताकालयको प्रयोग संख्या न्यून रहेको पाईएको अनुगमन टोलीले जानकारी दिएको छ ।
सरकारी विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउनको लागि कुश्मा नगरपालिकाको नगर शिक्षा कार्यालय पर्वतले पर्वतका सबै विद्यालयमा छड्के चेक तथा अनुगमन सुरु गरको नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिए ।

































































































































































































