
बुर्तिबाङ महिला समन्वय समिति बुर्तिबाङद्धारा सञ्चालित तीन महिने सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ । तालिमको बुधबारदेखि समापन गर्ने भनीए पनि तीन महिने मात्र समापन भएको र बाँकि चरणको तालिम पुन सञ्चालनमा आउने भएको छ । बुर्तिबाङ महिला समन्वय समितिले गत असोज २ गतेदेखि सुरु गरेको तालिम तीन महिना पुरा गर्दा समुहमा भएको आर्थिक बजेट सकिएका कारण समापन आयोजना गरिएको तालिमलाई पुन ढोरपाटन नगरपालिकाले निरन्तरता दिने भएपछि सोहि तालिमलाई पाँच महिना पु¥याउँदै नगरपालिका अन्तरगत सबै वडालाई समेटेर महिला समन्वय समितिकै मातहतमा तालिमलाई निरन्तरता दिने र आवश्यक प्रशिक्षक, भाडा र भैपरी आउने खर्च मासिक रुपमा नगरपालिकाले व्यवस्थापन गरिदिने ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले बताए ।
उनले नगरपालिकाले महिलाहरुलाई हरेक कार्यक्रममा सहभागिता गराउने उद्देश्य सहित बजेट विनीयोजन गरेको समेत बताए । बुर्तिबाङ महिला समन्वय समितिले महिला भवन निर्माण, साविक बुर्तिबाङ गाविसका नौ वटै वडामा स्टेचर व्यवस्थापन, महिला हक हित र कृषि लगाएतका क्षेत्रमा सक्रियता जनाउदै आएको महिला समन्वय समितिले साविक बुर्तिबाङ गाविसबाट विनीयोजित ६ लाख ९० हजार बजेट मध्येबाट २ पटक गरी ४४ थान स्टेचर खरिद, २७ जना महिलाहरुका लागि सिलाई कटाई तालिम, १२ वटा सिलाई मेसिन खसिद, महिला स्वास्थय स्वयमं सेविकाहरुलाई ६० हजार रुपैया सहयोग लगाएता कार्य गरेर विनीयोजित बजेट सम्पन्न गरीएको संस्थाका सचिव दिलमाया पौविले बताईन ।
कार्यक्रममा प्रशिक्षार्थिको रुपमा सहभागी खिमा रेश्मि मगरले बोल्दै आफुहरुलाई महिला समन्वय समितिले सामान्य तहको सिलाई कटाई तालिम सिकाएर आत्मनिर्भर बन्ने आधार थपिदिएको बताउदै अबको चरणमा ढोरपाटन नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन साथ दिनुपर्नेमा जोड दिईन ।
बुर्तिबाङ महिला समन्वय समितिका अध्यक्ष थुमकला पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख देकिुमार नेपालीको प्रमुख आतिथ्यता, उपप्रमुख कर्मती पुन, वडा नं १ का अध्यक्ष चित्र भण्डारी, वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्ति, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्मा, पत्रकार छबिलाल पाण्डे, राम सुवेदी, झरना कँडेल, प्रशिक्षक बालकुमार नेपाली, बुर्तिबाङ महिला बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष रत्नाकुमारी शेरचन, बुर्तिबाङ महिला समन्वय समितिका सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कमला अर्याल र दुर्गादेबि घर्तिले बोल्दै आफुहरु महिलाको हक अधिकारका निम्ती सधै खटिईरहेको बताउँदै पाँचदलका महिलाहरु मिलेर २०६६ सालदेखि साविकको गाविमा छेट्टिने बजेट, योजना, महिला लक्षित कार्यक्रममा खटिईरहेको बताउदै पुरुषहरुले महिलामाथि हेर्ने व्यवहार अझै परिवर्तन भईनसकेको बताउदै पुरुषहरुले महिलालाई अवसर र सहयोग गर्ने विषयमा सकरात्मक दृष्टिकोणबाट हेनुपर्ने बताए । कार्यक्रम दुर्गादेवि घर्तिको स्वागत बुर्तिबाङ महिला समन्वय समितिका सचिव दिलमाया पौविले सञ्चालन गरेकी हुन ।