
पर्वतको मोदी गाउँपालिकामा उद्यम विकास सम्बन्धि तर्जुमा गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र उद्यम विकासको रणनीति अवलम्बन गर्ने उद्देश्यका साथ दुई दिने ५ वर्षे उद्यम विकास रणनीति योजना निर्माणका लागि पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग पोखराको प्राविधिक सहयोगमा भएको गोष्ठिमा गाउँ कार्यपालिकाका सदस्यहरु, लघु उद्यमी र विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । ४८ जनाको सहभागिता रहेको गोष्ठीको सहजीकरण सन्तोषकुमार दाहालले गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गाउँकार्यपालिका उपाध्यक्ष सेती महतले गरेकी थिइन । गाउँपालिका भित्र आगामी ५ वर्ष भित्र के कस्ता उद्यम विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गोष्ठीमा छलफल भएको गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।