५ कार्तिक २०८३, बुधबार

 

प्रकाश माविको ६५ औँ वार्षिकोत्सव

म्याग्दीको जेठो शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ आँै वार्षिकोत्सव मनाउन सुरु गरेको छ । वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा निलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।

¥यालीमा व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । तिन दिनसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइने विद्यालयका शिक्षक बालकुमार रोकाले जानकारी दिए ।

विद्यार्थी र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता समेत सञ्चालन भएको थियो । आईतबार म्याग्दीका तिन जना सांसदहरुको उपस्थितीमा विशेष समारोहको आयोजना गरेर वार्षिकोत्सव समापन गरिने शिक्षक रोकाले जानकारी दिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयको ११ र १२ कक्षामा विज्ञान विषयको पढाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung