उत्तर गंगा मावि बुर्तिबाङमा शुक्रबार ढोरपाटन नगरपालिका प्रमुख सहित जनप्रतिनिधि, पत्रकार, प्रसाशन र प्रहरीको टोलीद्धारा छड्के अनुगमन गरिएको छ । विद्यालयमा लामो समयदेखिको प्रअ विवादले गर्दा शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर वृद्धि हुन नसकिरहेको तथा विद्यालयको समेत बाहिर नरारात्मक शन्देश छाईरहेको अवस्थामा नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सक्रियतामा वडा नं १ का अध्यक्ष चित्र भण्डारी, ३ का अध्यक्ष हेमेन्द्र घर्ति, ईलाका प्रसाशन प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, सञ्चारकर्मी छबिलाल पाण्डे , राम सुवेदी, झरना कँडेल लगाएतको टोलीद्धारा बिहान सवा १० बजे विद्यालयको अनुगमन गर्दै शिक्षक हाजिरी, प्रत्यक कक्षाकोठाको अनुगमनसँगै विद्यालयको भौतिक अवस्थाको विषयमा जानकारी लिईएको थियो ।
उक्त अवस्थामा अध्यापनरत १९ जना शिक्षक शिक्षिका मध्ये सबैजसो आफनो कार्य समयमा विद्यालयमा उपस्थित भएको पाईएको थियो । त्यस्तै विद्यालयको भवन पुर्ण जोखिम अवस्थामा रहेका कारण प्रावि तहको भवन भत्किने अवस्थामा र आधारभुत तह र मावि तहको भवन वर्षातको समयमा पानी चुहिएर बस्न नमिल्ने अवस्थामा रहेको शिक्षकहको गुनासो छ ।
कक्षा ९ मा २ सय ५ जना र कक्षा १० मा १ सय ३८ विद्यार्र्थी संख्या भएका कारण कक्षाकोठाको पुर्ण अभाव भईरहेको कक्षा शिक्षकहरुको भनाई रहेको छ । कक्षा ९ मा एक सय बढी विद्यार्थी भर्नाका लागि आएपनि आवस्यक कक्षा कोठा नभएका कारण भर्नाहुनबाट रोकिएको र ति विद्यार्थी अन्य विद्यालयमा अध्ययनका लागि गएको बताईएको छ । 
हाल कक्षा ९ मा दुई सेक्सनमा पढाई हुदै आएको छ । जसमा सेक्सन ए तर्फ १ सय ७ र बि सेक्सनमा ९८ जना छन् । कक्षा १० मा सेक्सन ए तर्फ ७० र बि तर्फ ६८ जनाले अध्ययन गर्दै आएका छन् । कुर्ची बस्न अपुग छ । एकै कुर्चीमा पाँच जनासम्म बसेर अध्यन गर्ने गरेको बताईएको छ । आधारभुत तहमा सेक्सन नछुट्याई अध्यापन गराईदै आएको छ ।
कक्षा ८ मा ९९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन । त्यस्तै प्रावि तहमा भने न्युन संख्यामा विद्यार्थी अध्यन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा पाँचसम्म १० देखि ३० को संख्यामा अधिकांश कक्षामा विद्यार्थीले अध्ययन गर्दै आएका कक्षा शिक्षकहरुको भनाई छ । त्यस्तै विद्यालयमा भौतिक क्षेत्रतर्फ विद्यालय, शौचालयहरु परिक्क नरहेको र विद्यालयलाई व्यवस्थापन गनुपर्ने तड्कारो आवश्यकता देखिएको अनुगमन पछि नगरपालिका प्रमुख नेपालीले बताए ।
त्यस्तै शुक्रबारनै शिक्षक शिक्षिका बिच ढोरपाटन नगरपालिका कार्यालयमा संयुक्त बैठक बसेर विद्यालयको समग्र अवस्था लगाएतका विषयमा छलफल गर्दै प्रअ पदबाट उमेर हदका कारण धनबहादुर कुवँरले छोडेपछिको अवस्थामा पुनह प्रअ विवाद देखिएको भन्दै तत्काल उक्त समस्यालाई सुल्झाउने अभियानमा जुट्न आग्रह गरिएको मेयर नेपालीले बताए ।

































































































































































































