२७ असार २०८२, शुक्रबार

 

‘विकटमा रहेको विद्यालयलाई सडकको पहँचमा पु¥याउँछु’ – पौडेल

निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलले निसीखोलाको सबै भन्दा विकटमा रहेको विद्यालय सूर्य प्राथमिक विद्यालय याङ्म्याङलाई सडक संजालले जोड्ने बताएका छन । वडा कार्यालयदेखि धेरै टाढाको कारण शिक्षालाई प्रभावकारी ढंगले अगाडी बढाउन नसकेकोमा अब आफुले त्यस विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्थालाई सुधार गर्ने बताए ।

उनले उक्त विद्यालयको ३८ औँ वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन । शनिबार भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर बुढाको अध्यक्षता, गाउँपालिका प्रमुख तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा समाजसेवी लालबहादुर बुढा, भूपु प्रअ शिवबहादुर शाहि र चन्दादाता लिलाबहादुर गुरुङले मनतव्य राखेका थिए ।

सोहि कार्यक्रमको अवसरमा अन्तर पावि श्रुती लेखन प्रतियोगिता भएको थियो । ५ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्योती आधारभूत विद्यालय थापागाउँ प्रथम, बोहरागाउँ लिटिल रोज इंलिस बोर्डिङ स्कुल द्धितिय र सूर्य प्राथमिक विद्यालय तृतिय भएका छन । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुलाई अविर मालाले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ निरज शाहिले २०७३/७४ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षिका कमला पुनको स्वागत मनतव्य रहेको कार्यक्रम शिक्षक अभिभावक संघका सदस्य भुमिराज खड्काले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung