
प्राय युवाहरु नेपालमा रोजगारी पाईएन भनेर विदेश पलायन भैरहेको अवस्थामा बागलुङका प्रकाश राजभण्डारीले पानी बेचेरै राम्रो आम्दानी गरिरहेका छन । मिनिरल वाटर अर्थात सफा पिउने पानी पहिला किनेर खाने चलन थिएन । ‘मेरो दाई सुवाश राजभण्डारीले यो खानेपानीको योजना ल्याउदा बागलुङ बजारमा हामीले उपभोक्ताहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि सफा पिउने पानीको बजार हुन सक्छ भनेर अनुमान ग¥यौ’राजभण्डारीले भने ।
केहि समय त मिनिरल वाटर कालिका शुद्ध पिउने पानी किनेर खाने बानी बसाल्नै समय लागेको महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज प्रालिका प्रोपाइटर राजभण्डारीले बताए । कालिका शुद्ध पिउने पानी उत्पादन गर्ने कम्पनी महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज प्रालिका प्रोपाइटर राजभण्डारीले अहिले आफ्नो कम्पनीमा १२ जनालाई रोजगारी दिएका छन । वि.स. २०६५ मा स्थापना भएको कालिका शुद्ध पिउने पानीमा कर्मचारीको न्युनतम तलब १२ हजारदेखि २८ हजारसम्म रहेको छ ।
उनीहरुले ओभर टाइम ग¥यो भने ३५ हजारसम्म कमाउछन । कालिका पिउने पानीले अहिले राम्रो बजार लिएको छ । ‘अहिले स्वास्थ्यलाई ख्याल गर्दै शुद्ध पिउने पानि किनेर खानु पर्छ भन्ने संस्कृतिको विकास गर्न हामी सफल भएका छौ’ राजभण्डारीले भने । अहिले कालिका पानी होटल, रेष्टुरेण्ट, खाजा घर, किराना पसल, कार्यालय, बैंक, सहकारी तथा घरहरुमा बढी खपत हुने गरेको राजभण्डारी बताउछन ।
अहिले कालिका पिउने पानी बागलुङ बजारका साथै गलकोट, बेनी, कुश्मा र पोखरा समेत निर्यात हुने गरेको छ । राज्य र स्थानीय जनप्रतिनिधिको राम्रो सहयोग भएमा थप लगानी गरेर अझै बजार विस्तार गर्न सकिने राजभण्डारीको भनाई रहेको छ । यसो भएमा थप रोजगारी सृजना हुने, राज्यले बढि कर पाउने र उपभोक्ताले सर्वसुलभ रुपमा पिउने पानी छिटो पाउने उनले योजना सुनाए ।
‘उद्योग क्षेत्रमा धेरै समस्याहरु छन, बाहिरी उत्पादनसँग हामीले चर्काे प्रतिस्पर्धा गर्नु परेको छ, लगानी धेरै भए पनि मुनाफा कम छ, दक्ष जनशक्ति बजारमा पाईदैन, काम सिकाएका धेरै जनशक्तिहरुले देशमा अस्थिरताका कारण काम छोड्ने गरेका छन, दक्ष जनशक्तिलाई स्थानीय रुपमा अडाउन सक्ने सरकारी कार्यक्रम नहुदा र उद्योग मैत्री वातावरण नहुदा उद्योग संचालनमा चुनौती बढेका छ’ राजभण्डारी भने ।
राजभण्डारीले यस बाहेक होटल, नीजि विद्यालय लगाएतका क्षेत्रहरुमा लगानी गरेका छन । उनको र साथीहरुको राम्रो लगानीमा वि. स. २०७१ खुलेको होटल रेड एप्पलका उनी सस्थापक अध्यक्ष समेत हुन । राजभण्डारीले भने ‘होटल खुलेसगैं धेरै पर्यटकलाई बागलुङमा अडाउन राम्रो भुमिका खेलेको छौँ, नभए राम्रो सेवा सुविधाको लागि खर्च गर्न सक्ने पर्यटक पोखरामा जाने गर्दथ्यो’।
उनी वि.स. २०६० सालमा खुलेको ओएसिस बोर्डिङ स्कुलका सस्थापक सदस्य पनि हुन । यो विद्यालय अहिले आफ्नै भवनमा सरेको छ । धेरैलाई रोजगारी र गुणस्तरिय सुविधा दिन सफल यस विद्यालयले बागलुङमा पहिलो पटक कक्षा ११ मा होटल व्यवस्थापन विषयको पढाई पनि सुरु गरेको छ ।
विगत १५–२० वर्षदेखि उद्योग, व्यापार र सेवाको क्षेत्रमा युवा व्यवसायीको रुपमा सफलता हासिल गर्दै आएका राजभण्डारीले आफ्नो सफलताका लागि पारिवारीक सहयोग, उच्च मनोवल, कर्मचारीको सहि परिचालन, उपयुक्त योजना र जोखिम मोलेर निरन्तर लागिरहने आफ्नो बानिका कारण आफुले सफलता हाँसिल गर्दै आएको अनुभव सुनाए ।