४ श्रावण २०८३, सोमबार

 

सिगानामा सुन्तला महोत्सव

सुन्तलाको प्रर्बद्धन गर्ने उदेश्येका साथ बागलुङ नगरपालिका–८ सिगाना कला संस्कृति संरक्षण विकास मञ्चको आयोजनामा दोस्रो सुन्तला महोत्सव तथा कृषि मेला प्रदर्शनी चलिरहेको छ । पुष नौ गतेवाट शुरु भएको महोत्सव १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको चौथो दिन बुधवार भएको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा सिगाना र गलकोट दुदिलाभाटीको टोली फाइनलमा पुगेका छन् । राष्ट्रि«य लोक दोहोरी प्रतियोगितामा स्याङ्जा र बागलुङ नगरपालिका–८ को टोली दोस्रो फाइनलमा प्रवेस गरेको छ । सुन्तला महोत्सवमा रितु थापा, इश्वर सिंग, प्रकाश पराजुली, कल्पना दाहाल, हेमन्त खड्का, दिनेश खड्काको साँस्कृतिक प्रस्तुती भएको आयोजकको भनाई रहेको छ ।

सिगानाको सुन्तलाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यका साथ वर्षेनी शुन्तला महोत्सवको आयोजना गरिदै आएको मेला आयोजक समितिका संयोजक अर्जुन खड्काले बताए । सिगाना सुन्तलाको उरर्वर भुमिको रुपमा रहेको छ । सिगानाका अधिकांश कृषकहरुको सुन्तला वगान रहेको छ । सुन्तला महोत्सवमा उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung