
धवलागिरी बहुमुखी क्याम्पसमा प्राध्यापनरत अनुसन्धान द्धय हिरालाल रेग्मी र सरोजराज पन्तद्धारा अनुसन्धानगरी तयार पारेका पर्वत जिल्लाका ऐतिहासिक कोटहरु र ऐतिहासिक तथा पौराणिक कालान्जर हम्पाल पर्वत नामका दुईवटा अनुसन्धानात्मक कृति शुक्रबार एक कार्यक्रमका साथ पर्वत जिल्ला समन्वयन समितिको कार्यालयमा बिमोचन गरेको छ ।
जिल्ला समन्वयन समिति पर्वतका प्रमुख मनोहर बि.पौडेलले विमोचन गर्नु भएको छ । विमोचन कार्यक्रममा पर्वत जिल्लाका ऐतिहासिक कोटहरुको धवलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक विष्णुप्रसाद शर्मा मैत्रय र ऐतिहासिक तथा पौराणिक कालान्जर हम्पाल पर्वतको अधिवक्ता हरिनारायण पौडेलले टिप्पणी गरेका थिए ।
विमोचन कार्याक्रममा कार्यक्रमको औचित्य र शुभकामना पुस्तकका अनुसन्धानकर्ता सरोजराज पन्तले व्यक्त गरेका थिए । पुस्तकको बिमोचन गर्दै प्रमुख अतिथि मनोहर बि.पौडेलले यी पुस्तकले पर्वत जिल्लाका समग्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
यस्तै अर्का अनुसन्धानकर्ता हिरालाल रेग्मीले कार्यक्रममा सहभागी भएर अनुसन्धानात्मक पुस्तकको बिमोचन गर्ने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद व्यक्त गगरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला समन्वयन समितिका अधिकारी विष्णुप्रसाद भुसालले गरेका थिए ।
लिलाधर सुवेदीले संचालन गरेको उक्त कार्यक्रम पर्वत जिल्लाका सम्पूर्ण स्थानीय निकायका प्रमुख, उप–प्रमुख, बुद्धिजीवी, साहित्यकार, पत्रकार एवम् शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।