३२ असार २०८२, बुधबार

 

म्याग्दीको धौलागिरी गाउँपालिका साक्षर घोषणा

म्याग्दीको धौलागिरी गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कवाङ सहित गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई यस अघिनै साक्षर घोषणा गरिएको थियो । धौलागिरीसंगै म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वटै वडा साक्षर घोषणा भएका छन् ।

दुई हजार ८ सय १२ घरधुरीमा सत्र हजार १६ जनसंख्याको बसोबास रहेको धौलागिरी गाउँपालिकामा पन्ध्रदेखि साठी वर्ष उमेर समूहका ९६ प्रतिशत अथवा १० हजार ६० जना साक्षर बनेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

साक्षर गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले घोषणाको व्यवहारीक कार्यान्वयनमा जोड दिदै साक्षरता दर वृद्धी र सिकाईको निरन्तरतामा प्राथमिकता दिनुपर्ने बताए ।

उनले वडा, स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी जिल्लाको विकासको कामलाई गति दिन पहल गरिने बताए । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले विभिन्न चुनौतीका बिच साक्षर घोषणा हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धी भएको बताउँदै सामाजिक परिवर्तनका लागि शिक्षा पहुँच र गुणस्तर सुधारमा जोड दिए ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले सरकारले तय गरेको विभिन्न १२ वटा सुचक पुरा भएपछि साक्षर घोषणा गर्ने मापदण्ड रहेको बताउँदै आगामी माघ ८ गते म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको बताए ।

कार्यक्रममा धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, ७ का अध्यक्ष कलानिधी सुवेदी, ५ का अगुवा अमर छन्त्याल, गुड नेवर्स ईन्टरनेशनलका जिल्ला संयोजक टुपेन्द्र खुलाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले मन्तब्य व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको स्वागत र हेम मावीका शिक्षक नेत्रलाल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्रोत व्यक्ती गिरीप्रसाद छन्त्यालले साक्षरताको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung